नेपालद्वारा होबर्ट हरिकेन्सलाई १८१ रनको लक्ष्य

काठमाडौँ, ३ भदौ । अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी–२० शृङ्खलाको आफ्नो चौथो खेलमा नेपालले होबर्ट हरिकेन्स एकेडेमीसामु जितका लागि १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
अस्ट्रेलियाको काजालिस एरिना पामस्र्टनमा रङ्गशालामा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउदै १८० रनको योगफल बनाएको हो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रनको योगदान दिए । उनले २६ बलमा तीन चौका प्रहार गरे । त्यसैगरी आसिफ शेखले २८ बलमा दुई चौका प्रहार गर्दै २९ रन जोडे । लोकेश बमले अविजित २५ रन, कुशल भुर्तेलले २७, भीम सार्कीले १८ तथा कप्तान रोहितकुमार पौडेलले ९ रन जोडे ।
बलिङतर्फ होबर्टका निवेथन राधाकृष्णन र राफ म्याकमिलनले दुई÷दुई तथा मार्कस बेन, गाबे बेल र ब्राडली होपले एक एक विकेट लिए ।
होबर्ट हरिकेन्सले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:४८ज्योति राजको ‘नाक्छोङ’लाई विशेष चलचित्र पुरस्कार, राष्ट्रपति पौडेलद्वारा सम्मान प्रदान
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:२८‘रातो घेरा’ मा दयाहाङ र मिरुना
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ६, शनिबार १४:२३ऋषि धमला « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १०:०३राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट सम्पादक बने नहकुल खड्का









