रौतहट जिल्लाको बौधिमाईमा अत्याधुनिक सुविधासहित ‘चन्द्रज्योति कान्ति हस्पिटल’ सञ्चालनमा

रौतहट । रौतहट जिल्लाको बौधिमाई नगरपालिका बंकुलमा अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिद्वारा सञ्चालित निजी हस्पिटल ‘चन्द्रज्योति कान्ति हस्पिटल प्रा.लि., बंकुल’ ले सेवा सुरु गरेको छ। नगरपालिकाभित्र दर्ता भएको एकमात्र निजी हस्पिटलका रूपमा यसले स्थानीयवासीलाई गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य लिएको छ।
हस्पिटलले सरकारी अस्पताल सरहको दररेटमा स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउने, औषधिमा अधिकतम खुद्रा मूल्य (MRP) मा १०% छुट दिने, कम्प्युटराइज्ड मेसिन र दक्ष जनशक्तिद्वारा सञ्चालित ल्याब सेवा तथा २४ घण्टा एमबिबिएस डाक्टरको उपस्थितिमा आपतकालीन सेवा सञ्चालनजस्ता सुविधा उपलब्ध गराएको छ।
स्थानीयस्तरमै पहिलोपटक यस्तो खालको निजी सेवा उपलब्ध हुँदा बौधिमाई नगरपालिकाका बासिन्दाहरूले न्यून शुल्कमा गुणस्तरीय उपचार पाउने विश्वास लिइएको छ।
हस्पिटलले ‘हम न करम त के करी, अभी न करम तब कब करम, हमर समाज हमर स्वास्थ्य बनाएम्’ भन्ने नारालाई व्यवहारमा उतार्ने प्रयासस्वरूप सस्तो, प्रभावकारी र भरपर्दो सेवा प्रदान गरिरहेको छ।
स्थानीय समुदायको स्वास्थ्यप्रति गहिरो प्रतिबद्धता राख्दै हस्पिटलले अबको दिनमा समेत सेवा विस्तार गर्दै लैजाने जनाएको छ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:४८ज्योति राजको ‘नाक्छोङ’लाई विशेष चलचित्र पुरस्कार, राष्ट्रपति पौडेलद्वारा सम्मान प्रदान
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:२८‘रातो घेरा’ मा दयाहाङ र मिरुना
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ६, शनिबार १४:२३ऋषि धमला « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १०:०३राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट सम्पादक बने नहकुल खड्का









