पोखरामा कर्फ्यु

पाेखरा । जेनजी आन्दोलन चर्किँदै गएपछि कास्की जिल्ला प्रशासन कार्यालयले पोखराको संवेदनशील क्षेत्रमा सोमबार बिहानदेखि कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बिहान १० बजेदेखि राति १० बजेसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरेकी हुन्।
कर्फ्यु आदेश अनुसार पोखरा महानगरपालिकाका १, २, ६ र ९ नम्बर वडामा धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम पूर्ण रूपमा निषेध गरिएको छ।
आन्दोलन जारी रहने संकेत देखिएपछि प्रशासनले सुरक्षाको कारण कर्फ्यु लगाउनुपरेको जनाएको छ। आइतबार काठमाडौंसहित विभिन्न स्थानमा प्रहरीले बल प्रयोग गर्दा व्यापक घाइते भएपछि आज पनि आन्दोलन जारी रहेकाले पोखरामा कर्फ्यु आदेश लागू गरिएको हो।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19497, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २४, शनिबार २२:०३नौलो घुम्ती नेपालको अध्यक्षमा मंगलबहादुर नेपाली चयन
समाचार२०८३ आश्विन २४, शनिबार १४:५६नौलो घुम्ती नेपालको रजत जयन्ती, पुनःस्थापना र सामाजिक विकासमा योगदानको चर्चा
समाचार२०८३ आश्विन २४, शनिबार ०५:५१गगन थापा कांग्रेस सभापतिमा निर्वाचित, खड्गीले पाए ३७५ मत
समाचार२०८३ आश्विन २३, शुक्रबार २१:००डेनिस छन्त्याल (14SHOTS) को सम्झनामा पोखरामा बास्केटबल प्रतियोगिता, विजेतालाई १ लाख ५४ हजार पुरस्कार








