धादिङको नागरिक समाजद्वारा शान्ति र लोकतन्त्रका लागि अपिल

धादिङ । जेनजी पुस्ताको आन्दोलनबाट मुलुकमा उत्पन्न विषम परिस्थिति प्रति नागरिक समाज धादिङले गहिरो चिन्ता प्रकट गरेको छ। आन्दोलनलाई सामान्य मागमा मात्र सीमित नभई संरचनात्मक परिवर्तनको गहिरो आवाजका रूपमा बुझ्दै यसलाई सुरक्षित अवतरण गरी शान्ति र लोकतन्त्रलाई सुदृढ बनाउँदै लैजानुको विकल्प नभएको नागरिक समाजले जनाएको छ।
सरकारी दमनपछि उत्पन्न परिस्थितिले सरकारी, सार्वजनिक र निजी भौतिक पूर्वाधारसँगै सामाजिक तथा संस्थागत संरचनामा ठूलो क्षति पुर्याएको भन्दै नागरिक समाजले आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, घाइतेहरूको निःशुल्क उपचार र मृतक परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था तत्काल गर्न सरकारलाई जोडदार माग गरेको छ।
वर्तमानमा मुलुक तरल अवस्थामा रहेको उल्लेख गर्दै नागरिक समाजले तत्काल संवैधानिक, लोकतान्त्रिक, राजनीतिक र न्यायोचित संवादमार्फत शान्तिपूर्ण समाधान खोज्न सबै पक्षलाई आग्रह गरेको छ। जेनजी पुस्ताले उठाएका संरचनात्मक सुधारका मुद्दालाई सम्बोधन गर्दै सर्वस्वीकार्य लोकतान्त्रिक प्रक्रियाबाट मुलुकलाई उन्नत लोकतन्त्रको दिशातर्फ अघि बढाउनुपर्नेमा समाजको विश्वास छ।
यसै क्रममा, नागरिक सर्वोच्चता, कानुनी शासन, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण सुनिश्चितता गर्न सबै पक्षले संयमता, संवेदनशीलता र दूरदर्शिता अपनाउँदै जिम्मेवार बन्नुपर्नेमा नागरिक समाज धादिङले जोड दिएको छ।
अपीलमा नेपाल पत्रकार महासंघ धादिङ, धादिङ बार एसोसिएशन, गैसस महासंघ धादिङ, नेपाल शिक्षक महासंघ, शितल छहारी नेपाल, दलित सेवा संघ धादिङ, मानव अधिकार संगठन धादिङ, पब्लीक क्याम्पस संघ लगायतका संस्थाका प्रतिनिधिहरूको हस्ताक्षर रहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण ९, शनिबार १९:०४प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ९, शनिबार १२:५५डा. गोविन्द केसीलाई लगियो प्रादेशिक अस्पताल
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १९:२९‘बेहुली’को प्रमोसनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १९:०९‘बा : एक योद्धा’को टिजर सार्वजनिक, बुवाको त्याग र परिवारको पीडाको कथा








