जेन–जी आन्दोलनका क्रममा घाइते भएका युवाहरुको उपचारमा मेडिसिटी अस्पताल सक्रिय

काठमाडौं, २९ भदौ । ललितपुरमा रहेको नेपाल मेडिसिटी अस्पतालले जेन–जी आन्दोलनका क्रममा घाइते भएका युवाहरूको उपचारमा सक्रिय भूमिका निर्वाह गरेको जनाएको छ । अस्पतालले दिएको जानकारीअनुसार ११ जना घाइतेहरुलाई निःशुल्क उपचार प्रदान गरेको छ । घाइतेमध्ये ७ जनालाई आकस्मिक उपचार उपलब्ध गराई सोही दिन डिस्चार्ज गरेको अस्पतालले जनाएको छ । तर, चार जना गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइतेमध्ये एकको दुबै तीघ्राको तल्लो भाग र खुट्टामा गोली लागेकोमा अस्पतालको उपचारमा सफलतापूर्वक निकालिएको छ । अस्पतालले भनेको छ,‘अर्का व्यक्तिको दायाँ हातमा गम्भीर चोट लागेको साथै रक्तसञ्चार नली र हातको नशा काटिएको थियो । जसमा दुवै अंगको सफल सर्जरी गरी डिस्चार्र्ज गरिएको छ । त्यस्तै, अर्को व्यक्तिको खुट्टाको हड्डी भाँचिएको थियो, तर अत्याधिक सुजनका कारण प्लास्टर गरिएको छ । चौथो व्यक्तिको पैतलाको हड्डी भाँचिएको र खुट्टामा सुजन रहेको हुँदा तत्काल सर्जरी गर्न नसकिएपछि प्लास्टर गरेर पठाइएको छ ।’
नेपाल मेडिसिटी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राज राणाले अस्पतालले घाइतेहरूको उपचारमा कुनै कमी नगरी सम्पूर्ण आवश्यक चिकित्सा सेवा प्रदान गरेको विश्वास दिलाएका छन् । यस्ता संवेदनशील र चुनौतीपूर्ण परिस्थितिमा समुदायप्रति आफ्नो दायित्वलाई आत्मसात गर्दै निरन्तर सहयोग र सेवा पु¥याउने प्रतिबद्धता अस्पतालले व्यक्त गरेको छ ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:४८ज्योति राजको ‘नाक्छोङ’लाई विशेष चलचित्र पुरस्कार, राष्ट्रपति पौडेलद्वारा सम्मान प्रदान
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:२८‘रातो घेरा’ मा दयाहाङ र मिरुना
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ६, शनिबार १४:२३ऋषि धमला « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १०:०३राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट सम्पादक बने नहकुल खड्का









