पत्रकार आरजु विष्टले रक्तदान गरेर मनाए जन्मदिन

पोखरा ।
पत्रकार आरजु विष्टले आफ्नो जन्मदिनलाई समाजसेवामार्फत अर्थपूर्ण बनाउँदै आइतबार पोखरामा रक्तदान गरेका छन्। नेपाल रेडक्रस सोसाइटी कास्की शाखा कार्यालयमा आयोजित कार्यक्रममा उनले २५ औं पटक रगत दिएर उदाहरण प्रस्तुत गरेका हुन्।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाकी सभापति उर्मिला खड्काले गण्डकी प्रदेशमा निःशुल्क रगत उपलब्ध हुने व्यवस्था रहेको उल्लेख गर्दै कास्कीमा रगत सहजै पाइने र रक्तदानले समाजलाई ठूलो राहत दिने बताइन्। उनले रक्तदान गर्ने मानिसलाई स्वस्थ्य मानिने र “रगत दिएपछि मोटाइन्छ” भन्ने भ्रम निराधार भएको समेत प्रष्ट पारिन्।
रेडक्रस शाखाका सचिव अर्जुन ज्ञवालीले शाखाले दैनिक २५ युनिट रगत संकलन गर्ने लक्ष्य लिएको बताए। उनका अनुसार रेडक्रस कार्यालयमै रक्तदान गर्न सकिने सहज व्यवस्था मिलाइएको छ।

त्यस्तै, रेडक्रसका मन्त्री सन्तोष अधिकारीले गण्डकी प्रदेश सरकारले रेडक्रसलाई ४ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए। उनका अनुसार आधुनिक संरचना निर्माणका लागि करिब ६ करोड रुपैयाँ आवश्यक छ। साथै सरकारले रगतमा ९८ प्रतिशतसम्म शुद्धता कायम गर्ने लक्ष्यसहित खानेपानी सुधार र फलामे चुलो निर्माण अभियानलाई पनि अघि बढाइरहेको बताए।
कार्यक्रममा आरजु विष्टसहित जन्मदिनमा खुसियाली साट्न पुगेका सात जनाले रक्तदान गरेका थिए। विष्टले आफ्नो जन्मदिनलाई समाजोपयोगी कार्यमार्फत मनाउन पाउँदा खुशी लागेको बताए।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19573, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २४, शनिबार २२:०३नौलो घुम्ती नेपालको अध्यक्षमा मंगलबहादुर नेपाली चयन
समाचार२०८३ आश्विन २४, शनिबार १४:५६नौलो घुम्ती नेपालको रजत जयन्ती, पुनःस्थापना र सामाजिक विकासमा योगदानको चर्चा
समाचार२०८३ आश्विन २४, शनिबार ०५:५१गगन थापा कांग्रेस सभापतिमा निर्वाचित, खड्गीले पाए ३७५ मत
समाचार२०८३ आश्विन २३, शुक्रबार २१:००डेनिस छन्त्याल (14SHOTS) को सम्झनामा पोखरामा बास्केटबल प्रतियोगिता, विजेतालाई १ लाख ५४ हजार पुरस्कार









