हरेक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी थप्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्न मन्त्रालयका पदाधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।
हिजो पद बहाली गरेपछि आज मन्त्रालयमा मन्त्री पुनले नेपालभरका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरु कम्प्युटर शिक्षाबाट बञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनको लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्न निर्देशन दिनुभएको हो ।
त्यसैगरी बिश्वविद्यालयलाई बढीमा ३ महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिँदै मन्त्री पुनले समयमै परीक्षाफल ननिकाल्ने बिश्वविद्यालयहरुको अनुदान रोक्का गर्न निर्देशन दिनुभएको छ ।
त्रिभुवन विश्वविद्यालय किर्तिपुरको हाताभित्र ठुलो क्षेत्रफलमा रहेको झाडी फाँडेर सरसफाइ गरी बँगैचासहित फुटपाथ बनाउन पनि निर्देशन दिनुभएको छ ।
मन्त्री पुनले दिएको निर्देशनबारे फेसबुक पेजमा उल्लेख गर्नुभएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ११, सोमबार २२:२४‘टेम्के’को निर्माण अन्तिम चरणमा, पुस ९ लाई प्रदर्शन लक्ष्य
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ११, सोमबार २१:५१डा. गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमति
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ११, सोमबार १७:१२‘महाराजधिराज’को भिडियो लिक गर्ने स्पटब्वायसँग ५१ लाख क्षतिपूर्ति माग
समाचार२०८३ श्रावण ११, सोमबार ११:४२नीलकण्ठ पार्कमा रोपिएका १२५ आशा








