साफ यु–१७ च्याम्पियनसिप फुटबलमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

काठमाडौँ- साफ यु–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित हुँदै प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिएको छ ।
श्रीलङ्काको कोलम्बो रेसकोर्समा आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा साविक विजेता भारतसँग नेपाल ३–० गोलले पराजित हुँदै अन्तिम चारबाट बाहिरिएको हो । जितसँगै भारत भने साफ यु–१७ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
भारतका लागि गुनलेइबा वाङखेरियाक्पाम, अजलान शाह र डायमन्ड सिंह थोकचोमले समान एकरएक गोल गरे । सबै गोल दोस्रो हाफमा सम्भव भएका हुन् ।
गुनलेइबाले खेलको ६१औँ मिनेटमा गोल गरे भने अजलानले खेलको ८०औँ मिनेटमा गोल गरे । खेलको दोस्रो हाफको अतिरिक्त समयमा भारतका अर्का खेलाडी डायमन्डले एक गोल थपे ।
नेपाल समूह ए को उपविजेता तथा भारत समूह बी को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो । नेपालले पहिलो खेलमा श्रीलङ्कालाई २–० ले पराजित गरेको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ४–० ले पराजित भएको थियो ।
त्यसैगरी भारतले भने समूह चरणका तीनवटै खेल जितेको थियो । पहिलो खेलमा माल्दिभ्सलाई ६–० ले हराएको भारतले त्यसपछि भुटानलाई १–० र पाकिस्तानलाई ३–२ ले पराजित गरेको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २६, शुक्रबार ०९:२१सबैको नजरमा ‘गौँथली’, युट्युब ट्रेन्डिङमा पहिलो
खेलकुद२०८३ असार २५, बिहीबार २२:५८क्वार्टरफाइनलमा आज फ्रान्स र मोरक्को भिड्दै « रिपोर्टर्स नेपाल
समाचार२०८३ असार २५, बिहीबार १९:२०एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
कला, विचार/मनोरञ्जन२०८३ असार २५, बिहीबार १४:०१सुमनको चलचित्र डेब्यू, ‘तिरिमिरी झ्याइँ’को शुभ मुहूर्त सम्पन्न








