लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार

लहान २२ असोज । यहाँको लहान नगरपालिकाले सगरमाथा चौधरी आँखा अस्पतालसँगको सहकार्यमा पछिल्लो तीन वर्षयता आँखासम्बन्धी समस्या भएका नगरबासीको निशुल्क उपचार गर्दै आएको छ ।
पछिल्लो तीन आर्थिक वर्षमा मात्र १५ हजार आँखाका रोगीको निःशुल्क उपचार गरेको नगरपालिकाले जनाएको छ । तीमध्ये दुई हजार जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ ।
लहान–१५ ढोड्नामा आज सञ्चालन गरिएको निःशुल्क आँखा जाँच शिविरको उद्घाटन गर्दै नगरप्रमुख महेश प्रसाद चौधरीले भने, “कोही पनि नगरवासी आर्थिक अभावमा आँखाको समस्याबाट पीडित नहुन् भनेर हामीले यो कार्यक्रमलाई निरन्तरता दिएका छौँ । यसमा लागेको सम्पूर्ण खर्च नगरले बेहोर्ने छ । यस वर्ष पनि वडा नम्बर १५ बाट सुरुआत भइसकेको छ र नगरका २४ वटै वडामा शिविर सञ्चालन गरिनेछ ।”
कार्यक्रममा सगरमाथा चौधरी आँखा अस्पतालका अध्यक्ष रवीन्द्रलाल चौधरीले ‘तमसो मा ज्योतिर्गमय’ भन्ने नारासहित अस्पतालले हरेक वर्ष करिब २५ लाख आँखाका बिरामीको उपचार गरिरहेको जानकारी दिए । उनले विभिन्न स्थानीय तहसँगको सहकार्यमा अस्पतालले दक्ष जनशक्ति र प्रविधिसहित आँखा जाँच शिविरलाई निरन्तरता दिइरहेको बताए ।
त्यसैगरी अस्पतालका प्रशासन प्रमुख अभिषेक रोशनले हालका दिनमा वृद्धि भएको मधुमेहका कारण आँखाका रोग विकराल बन्दै गएकाले हरेक छ महिनामा आँखाको जाँच गराउन आग्रह गरे । स्वास्थ्य शाखा प्रमुख विन्देश्वर चौधरीले समयमै आँखाको जाँच गरिए अन्धोपनबाट बच्न सकिने भएकाले सचेतना फैलाउनुपर्नेमा जोड दिए । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ३, बुधबार १५:२१विनयराज पौडेलको डेब्यु निर्देशन ‘अक्षरा’को छायांकन सम्पन्न, भदौ २६ मा प्रदर्शन हुने
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २, मंगलवार १४:२६छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत « रिपोर्टर्स नेपाल
खेलकुद२०८३ असार २, मंगलवार १२:१०विश्वकप निःशुल्क हेर्न पाउने व्यवस्था गर्न सरकारसँग माग
कला, विचार/मनोरञ्जन२०८३ असार २, मंगलवार १०:२४रामप्रसाद खनालको नयाँ शिवभजन सार्वजनिक









