सुपर सिक्समा आज यूएईसँग भिड्दै नेपाल « रिपोर्टर्स नेपाल

काठमाडौं, असोज २६ । आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । आजको खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे शुरु हुनेछ ।
सुपर सिक्समा समूह ‘ए’ बाट यूएई र कतार, समूह ‘बी’ बाट नेपाल र जापान तथा समूह ‘सी’ बाट ओमान र सामोआ पुगेका छन् । सुपर सिक्समा नेपालले यूएईसहित कतार, ओमान र सामोआसँग खेल्ने छ । नेपालले सुपर सिक्समा भोलि कतारसँग खेल्नेछ । यस्तै बुधवार ओमान र शुक्रवार सामोआसँग खेल्नेछ ।
सुपर सिक्सको शीर्ष तीन मा रहने टोलीले अर्को वर्ष हुने विश्वकपमा स्थान बनाउने भएकाले आजको खेल निकै महत्त्वपूर्ण मानिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २३, मंगलवार १०:५१एक हजारभन्दा बढी लाभान्वित « रिपोर्टर्स नेपाल
खेलकुद२०८३ असार २३, मंगलवार ०८:४७अमेरिकालाई पराजित गर्दै बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा प्रवेश
कला, विचार/मनोरञ्जन२०८३ असार २२, सोमबार १९:१०पारसको बेहुली दिव्या, ‘बेहुली’को पोस्टर सार्वजनिक
समाचार२०८३ असार २२, सोमबार १७:४८त्रिपुरासुन्दरी गाउँपालिकामा जैविक विविधता संरक्षण तथा जलवायु अनुकुलन सम्बन्धी कार्यक्रम सम्पन्न









