चलचित्र ‘एक्लो’को कविता नेपाली फिचर्ड गीत सार्वजनिक

काठमाडौं। वैज्ञानिक कल्पनामा आधारित नेपाली चलचित्र ‘एक्लो’ को गीत सार्वजनिक गरिएको छ। ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा कविता नेपाली फिचर्ड छिन् । कविता र सागर रानाले गरेका हुन्। चलचित्रको कथा अनुसारको गीतमा गायिका शान्ती श्री परियारको स्वर रहेको छ। गीतको भिडियोमा कविता नेपाली आकर्षक रुपमा प्रस्तुत भएकी छन्। स्वप्निल शर्माको शब्द रचना रहेको गीतमा संगीत रोहित शाक्यको रहेको छ।
चलचित्र ‘एक्लो’ ले यसअघि विश्वविख्यात कान्स फिल्म फेस्टिभलमा स्टलमार्फत आफ्नो अन्तर्राष्ट्रिय उपस्थितिको पहिचान बनाइसकेको छ। कान्सपछि यस फिल्मको चर्चा उल्लेखनीय रूपमा बढेको छ । चलचित्रको सार्वजनिक गीतको भिडियो मिलन श्रेष्ठले सम्पादन,राजेन्द्र मोक्तानले कलर गरेका हुन्।
फिल्मका निर्देशक प्रदीप शाही हुन्, जसले यसअघि दुई फिल्म निर्देशन गरिसकेका छन्। बेलायतमा लामो समयदेखि बसोबास गर्दै आएका शाहीले ‘एक्लो’ लाई हलिउडस्तरको प्रविधि र प्रस्तुतिसहित निर्माण गरिरहेका छन्। चलचित्र आगामी अंग्रेजी नयाँ बर्षको अवसर पारेर पुष पुष १७ गते (जनवरी १) मा प्रदर्शन गर्ने तयारी गरिएको निर्माण टिमले जनाएको छ।
चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ लगायत बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह, तथा बेलायती अभिनेता जेमी बेकनको अभिनय रहनेछ।
एनआरएन समुहको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन्। चलचित्रमा अभिनेता प्रदीप खड्काले पनि लगानी गरेका छन्। विदेशमा रहेर नेपाली कला र सिनेमा क्षेत्रमा केहि गरौँ भन्ने समुहले नेपाली चलचित्रको बजार अन्तररास्ट्रीय स्तरमा बिस्तार गर्न समेत बिसेष योजना बनाएका छन्।
फिल्मको छायांकन बाबु श्रेष्ठले गरेका हुन्। द्वन्द्व निर्देशनमा राजु तामाङ, सेट डिजाइमा राजु पेन्टर, कला निर्देशनमा सन्तोष लामा, र प्रोडक्सन डिजाइमा द्रोण प्रसाद पौडेल ‘ठेउके’ संलग्न छन्। ‘एक्लो’ नेपाली चलचित्र उद्योगमा वैज्ञानिक कल्पनामा आधारित उच्चस्तरीय प्रस्तुति दिनेतर्फको एक गम्भीर प्रयासका रूपमा हेरिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ भाद्र १०, बुधबार १०:०४प्रदर्शनको संघारमा ‘पार्वती’ : प्रिमियरमा भावुक बने दर्शक
समाचार२०८३ भाद्र ९, मंगलवार २०:३८प्रतिनिधि सभामा भोलि प्रधानमन्त्रीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ९, मंगलवार १९:२९निखिल उप्रेतीको ‘आचार्य’को एक्सनले भरिएको टिजर सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ९, मंगलवार १८:५३छायांकन सुरु भएसँगै ६ देशमा बिक्री भयो ‘यानीमाया’को प्रदर्शन अधिकार









