अपराजित नेपाल उपाधि नजिक, आज सामोआसँग खेल्दै

काठमाडौं, असोज ३१ । आईसीसी टी-२० विश्वकप एशिया छनोट तथा इस्ट प्यासिफिक छनोटको सुपर–सिक्समा आज नेपालले सामोआसँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे शुरु हुनेछ ।
शीर्ष स्थानमा रहेको नेपाललाई आजको अन्तिम खेलसँगै टी-२० विश्वकप एशिया छनोट तथा इस्ट प्यासिफिक छनोटको उपाधि जित्ने अवसर छ । नेपालको चार खेलमा आठ अङ्क छ । दोश्रो स्थानमा रहेको यूएईले सबै पाँच खेल खेल्दै छ अङ्क बनाएको छ । चार खेल खेल्दै ओमान छ अङ्कसहित तेश्रो स्थानमा छ । ओमानले आज जापानसँग खेल्दैछ । नेपाल अहिलेसम्म प्रतियोगितामा अपराजित रहँदै अंकतालिकाको शीर्षस्थानमा छ ।
ओमानमा जारी टी-२० विश्वकप छनोट प्रतियोगिताको उपाधि जितेको खण्डमा राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरूले जनही १९ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ११, सोमबार २२:२४‘टेम्के’को निर्माण अन्तिम चरणमा, पुस ९ लाई प्रदर्शन लक्ष्य
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ११, सोमबार २१:५१डा. गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमति
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ११, सोमबार १७:१२‘महाराजधिराज’को भिडियो लिक गर्ने स्पटब्वायसँग ५१ लाख क्षतिपूर्ति माग
समाचार२०८३ श्रावण ११, सोमबार ११:४२नीलकण्ठ पार्कमा रोपिएका १२५ आशा









