‘परान’ ट्रेलर सार्वजनिकः सन्तानको माया र दूरीबीच अल्झिएको एक बाबुको कथा

काठमाडौँ । आउँदो कार्तिक १४ गते रिलिज हुन लागेको नेपाली फिल्म ‘परान’ को ट्रेलर सार्वजनिक गरिएको छ। राजधानीको रञ्जना हलमा आयोजित विशेष समारोहमार्फत ट्रेलर लन्च गरिएको हो।
सार्वजनिक ट्रेलरले नेपाली समाजको भावनात्मक पारिवारिक कथा उजागर गर्छ, जहाँ जीवनको उत्तरार्धमा पुगेका एक बाबु सन्तानको सामीप्यताको खोजीमा संघर्षरत देखिन्छन्। बाबुको एक्लोपन, सन्तानको आफ्नै बाटो रोज्ने परिस्थितिहरू र तिनले सिर्जना गर्ने भावनात्मक टकराव नै फिल्मको केन्द्रमा रहेको संकेत ट्रेलरले गर्छ।
फिल्ममा वरिष्ठ अभिनेता निर शाह शीर्ष भूमिकामा देखिएका छन्। नेपाली चलचित्रमा अभिनयका ‘भीष्मपितामह’ मानिने शाह लामो अन्तरालपछि मुख्य भूमिकामा फर्किएकाले ‘परान’ लाई विशेष रुचिका साथ हेरिएको छ।
फिल्मको कथा र पात्रहरूले बुढेसकालमा सन्तानप्रतिको आशा, माया र बेग्लै जीवनदर्शन प्रस्तुत गर्ने अनुमान गरिएको छ। पारिवारिक दर्शकलाई केन्द्रमा राखेर तयार पारिएको ट्रेलर भावनात्मक र आत्मीय दुवै लाग्छ।
‘परान’ लाई डेब्यु निर्देशक दीपकप्रसाद आचार्य (काकु) ले निर्देशन गरेका हुन्। कथा स्वयं निर्देशक आचार्यकै हो भने पटकथा र संवाद यम थापाले लेखेका छन्। फिल्म गोल्छा समूह र प्रिज्मा समूहको सहकार्यमा स्थापना भएको ‘बाइस्कोप सिनेमाले निर्माण गरेको हो।
फिल्ममा निर शाह, महेश शाह, अञ्जना बराइल, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्य लगायतका कलाकारहरूको अभिनय समावेश छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ३१, बुधबार ०६:१३एक हजार ३९९ शव फेला
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ३०, मंगलवार २०:००चलचित्र ‘आचार्य’ को पहिलो गीत सार्वजनिक, निखिलको रोमान्टिक अवतार
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ३०, मंगलवार १९:४३‘झिंगे दाउ २’ को ‘ए माया नजिकै सर’ सार्वजनिक, गीतमा देखियो दशैंको झल्को
समाचार२०८३ भाद्र ३०, मंगलवार १६:२२नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन









