पाचौं हेमजा हिले महोत्सवबाट १ लाख ६४ हजार रुपैयाँ बचत

हेमजा । पाचौं हेमजा हिले महोत्सव–२०८२ बाट १ लाख ६४ हजार २ सय १५ रुपैयाँ बचत भएको छ। महोत्सव आयोजक देवीस्थान सेवा समाजले शनिबार हेमजामा आयोजना गरेको कार्यक्रममा आय–व्यय प्रतिवेदन सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो। समाजले गत असार १५ गते हेमजामा पाचाैं हेमजा हिले महाेत्सव भव्यताकासाथ सम्पन्न गरेकाे थियाे ।
आर्थिक पारदर्शितालाई मुख्य आधार बनाउँदै समाजका कोषाध्यक्ष मोहनबहादुर भण्डारीद्वारा प्रस्तुत प्रतिवेदनमा महोत्सवकाे ७ लाख ४५ हजार ६ सय १३ रुपैयाँ आम्दानीबाट ५ लाख ८१ हजार ३ सय ९८ रुपैयाँ खर्च भई कुल १ लाख ६४ हजार २ सय १५ रुपैयाँ बचत भएको उल्लेख छ । समाजले हाल बैंकमा ६ लाख २ हजार ९ सय ४ रुपैयाँ मौज्दात रहेको जानकारी दिएकाे छ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. २५ का कार्यवाहक अध्यक्ष शुभास भण्डारीले विष्णुपादुका धार्मिक क्षेत्रको संरक्षण, कृषिको प्रवर्द्धन र हेमजाको सामाजिक सशक्तिकरण गर्ने देवीस्थान सेवा समाजको उद्देश्यमा सबैले साथ दिनुपर्ने बताए । उनले देवीस्थान सेवा समाजलाई उत्कृष्ट समाजको रूपमा विकास गर्न वडा कार्यालयकाे सधैं सहयोग रहने प्रतिबद्धता जनाए।
समाजका अध्यक्ष कृष्णमान श्रेष्ठले संस्थाले सुरुवाती चरणमा विष्णुपादुका माईस्थान मन्दिरको संरक्षणका लागि काम गर्ने गरि स्थापना भए पनि अहिले हेमजाको समग्र विकासका लागि काम गरिरहेको बताए। उनले हेमजाका विभिन्न संघ–संस्थासँग समन्वय गरेर किसानकाे हित हुने कार्यक्रम ल्याउने, सामाजिक एकता प्रवर्द्धन गर्ने र आर्थिक कारोबारलाई पारदर्शी बनाउने प्राथमिकता समाजले दिएको जानकारी दिए।
सचिव पुष्पराज तिम्सिनाले प्रस्तुत वार्षिक प्रतिवेदनमा संस्थाले विगतका वर्षभरि गरेका सामाजिक, धार्मिक र विकासमुखी गतिविधिहरूका साथै आगामी योजनाहरू समेटेका थिए। उनका अनुसार, वि.सं. २०७५ मा स्थापना भएको समाजले हेमजाको धार्मिक, सांस्कृतिक, कृषि र पर्यटन विकासमा निरन्तर योगदान दिँदै आएको छ।
समाजले खानेपानी, सडक बत्ती, सरसफाइ, मन्दिरकाे संरक्षण र व्यवस्थापन, रक्तदान, किसान सम्मान, तीज कार्यक्रम, विद्यालयमा सहयोग, खेलकुद तथा विभिन्न सामाजिक अभियान सञ्चालन गरेकाे बताए । सचिव तिमिल्सिनाले पाचौं हेमजा हिले महोत्सवले हेमजाको सांस्कृतिक र कृषिगत पहिचानलाई अझ मजबुत बनाएको विश्वास व्यक्त गरे ।
आगामी योजनामा समाजले कृषि जनचेतनामेलक कार्यक्रम, सिँचाइ विस्तार, सीपमूलक तालिम, विद्यालयमा सेनेटरी प्याड वितरण, सीसी क्यामरा जडान, सडक बत्ती मर्मत, सरसफाइ निरन्तरता, धार्मिक पर्यटन प्रवर्द्धन र “छैटौँ हेमजा हिले महोत्सव–२०८३” आयोजना गर्ने निर्णय गरेको छ।
कार्यक्रममा देवीस्थान सेवा समाजका सल्लाहकार तथा पाचौँ हेमजा हिले महोत्सवका सांस्कृतिक उपसमिति संयोजक बुद्धदेवी कुँवर, सल्लाहकार तथा समाजसेवी भीमप्रसाद श्रेष्ठ, विष्णुपादुका गुठी व्यवस्थापन समितिका अध्यक्ष चुडामणी तिम्सिना, महिला सञ्जाल हेमजाकी अध्यक्ष अप्सरा तिमिल्सिना लगायतले शुभकामना मन्तव्य राखेका थिए।
समाजले विदेशस्थित नेपाली समुदाय, विभिन्न सहकारी संस्था, विद्यालय, आमा समूह, प्रायोजक, सञ्चारकर्मी तथा व्यक्तिगत सहयोगकर्ताहरूलाई आभार व्यक्त गरेको छ। समाजका पदाधिकारीहरूले निरन्तर सहयोग, सुझाव र सल्लाहका लागि सबैलाई धन्यवाद ज्ञापन गरेका छन्।
शनिबार हेमजामा भएकाे कार्यक्रमको स्वागत समाजकी उपाध्यक्ष चन्द्रकला पोख्रेलले गरेकी थिइन् भने सञ्चालन सचिव पुष्पराज तिम्सिनाले गरेका थिए।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19815, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ३०, मंगलवार १४:३८हिमालयपारिको अविस्मरणीय यात्रा : चीनमा सिकेका सात दिन
समाचार२०८३ भाद्र ३०, मंगलवार ०७:३४फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीद्वारा रसुवा बाढीपीडितलाई राहत
समाचार२०८३ भाद्र २८, आईतवार १७:२७छेङ्दुमा १२ नेपाली युवा: सुपरकम्प्युटिङ र रोबोटिक्सदेखि प्राचीन सभ्यतासम्मको यात्रा
समाचार२०८३ भाद्र २८, आईतवार ०४:००रेवान पोखराको अध्यक्षमा वसन्त गौतम सर्वसम्मत







