आँखा शिविरबाट तीन सय जना लाभान्वित « रिपोर्टर्स नेपाल

बेनी (म्याग्दी), २ कात्तिक । धवलागिरि गाउँपालिका–७ ताकममा आयोजित निःशुल्क आँखा शिविरबाट तीन सय जना लाभान्वित बनेका छन् । म्याग्दी जेसीजको आयोजना र नेपाल नेत्रज्योति सङ्घ आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा शनिबार आयोजित शिविरमा सर्वसाधारणले आँखा जाँच गरी उपचार सेवा लिएका हुन् ।
शिविरमा धवलागिरि–७ ताकमका साथै धवलागिरि–२ लुलाङ, वडा नं ३ मुना र वडा नं ४ खिबाङका सर्वसाधारणले समेत आँखा जाँच गराएर उपचार सेवा लिएको जेसीजका शाखा अध्यक्ष विनोद घर्तीले जानकारी दिए । ग्रामीण भेगका सर्वसाधारण नागरिकलाई आँखासम्बन्धी समस्याको घरदैलोमै उपचार गराउने अवसर दिनका लागि सामाजिक उत्तरदायित्व बहन गरेर शिविर आयोजना गरिएको उनले बताए ।
शिविरमा नेत्र अधिकृतद्धय दिनेश बानियाँ र गणेश महतोसहित स्वास्थ्यकर्मीको टोलीले आँखा जाँच, औषधि र चश्मा वितरणसँगै परामर्श सेवा दिएको थियो । गाउँमै आँखा उपचार सेवा लिन पाएपछि स्थानीयवासी खुसी भएका छन् । शिविरको उद्घाटन गर्दै धवलागिरि–७ ताकमका वडाध्यक्ष अशोक खत्रीले शिविरले घरदैलोमै उपचार सेवा लिने अवसर दिएको बताउँदै सर्वसाधारण नागरिकलाई राहत भएको बताए ।
कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सन्दीप खत्रीले युवाको नेतृत्व र व्यक्तित्व विकासमा सक्रिय रहेको जेसीजले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवर्द्धनलगायत क्षेत्रमा रचनात्मक कार्य गरी आफूलाई स्थापित सामाजिक संस्थाका रूपमा अग्रसरता लिएकामा जोड दिए । नेत्रज्योति सङ्घ म्याग्दीका सभापति अमर बानियाँले आँखा मानिसको अभिन्न अङ्ग भएकाले यसको सुरक्षाको सन्देश र आँखाको समस्यासम्बन्धी उपचार सेवा दिन शिविरले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ ११, सोमबार २३:१०पलेशाले दिलाइन् नेपाललाई कास्य
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ११, सोमबार २०:४९‘काजी’को असारे गीत ‘ज्यानको तिर्खा’ मा गरिमा र संदीप
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ११, सोमबार २०:०७कान्समा ऐतिहासिक सफलता हासिल गरी स्वदेश फर्कियो ‘एलिफेन्ट्स इन द फग’ टोली, विमानस्थलमा भव्य स्वागत
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ११, सोमबार १४:०६विश्व थाइराइड दिवसः पुरुषका तुलनामा महिलालाई थाइराइडको उच्च जोखिम









