राम्रो वर्ड अफ माउथपछि मोफसलका दर्शक भेट्न निस्कियो ‘वरिष्ठ बलराम’ टिम

काठमाडौं । तिहारको भाइटीकाको अवसर पारेर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘वरिष्ठ बलराम’ यतिबेला देशभर उत्साहजनक प्रतिक्रियासहित चलिरहेको छ। राजधानीमा लगातार हाउसफूल शो र सकारात्मक वर्ड अफ माउथ बनेपछि फिल्म युनिट अब मोफसल प्रमोसनमा निस्किएको छ।
काठमाडौंका दर्शकसँगको इन्टर्याक्सन सकाएपछि कलाकार विजय बराल, समृद्धि अर्याल र निर्देशक सुरेन्द्र पौडेल पश्चिम नेपालका हल–हलमा पुगेर दर्शकलाई भेटिरहेका छन्। शुक्रवारदेखि शुरू भएको मोफसल यात्रा क्रमशः विभिन्न सहरका हलमा जारी छ, जहाँ फिल्म टिमले दर्शकसँग प्रत्यक्ष प्रतिक्रिया संकलन गरिरहेको छ।
“दर्शकले अत्यन्त उत्साहजनक माया दिइरहनु भएको छ। धेरैले ‘वरिष्ठ बलराम’लाई नेपाली मौलिक कथामा आधारित हेर्नैपर्ने फिल्म भन्नुभएको छ,” निर्देशक पौडेलले भने, “काठमाडौँमा जस्तै मोफसलमा पनि हाउसफूलदेखि ७० प्रतिशतभन्दा माथिको अकुपेन्सी पाइरहेका छौँ, जसले हामीलाई थप ऊर्जा दिएको छ।”
रिलिजको पहिलो दिनदेखि नै देशभरका मल्टिप्लेक्सदेखि सिंगल थिएटरसम्म फिल्मले सशक्त उपस्थिति जनाउँदै आएको छ। कतिपय हलमा लगातार शोहरू हाउसफूल भइरहेका छन् भने उच्च दर्शक चापका कारण केही हलले शनिबारका लागि अतिरिक्त शो समेत थपेका छन्।
दयाहाङ राई र विजय बरालको प्रमुख भूमिका रहेको ‘वरिष्ठ बलराम’ले पहिलो दुई दिनमै बलियो वर्ड अफ माउथ निर्माण गर्न सफल भएको निर्माण पक्षको दाबी छ। सकारात्मक रिभ्युका कारण व्यापारप्रति पनि उनीहरू आशावादी देखिएका छन्।
वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको फिल्ममा समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ। फिल्मका लेखक महेश दवाडी, निर्देशक तथा सम्पादक सुरेन्द्र पौडेल हुन्। निर्माता अशिष एच. तामाङ र श्रीराज कार्की, कार्यकारी निर्माता प्रदीप जी. धामी र पुष्कर बी. घिमिरे तथा लाइन प्रोड्युसर राम विष्ट छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ८, सोमबार ०९:४३‘मिसेस भोग सीजन फोर’ को घोषणा » Celebrity Nepal
खेलकुद२०८३ भाद्र ८, सोमबार ०८:२९बार्सिलोनाको फराकिलो जित
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ७, आईतवार २२:५६ललितपुरकी तिशा शाक्यले जितिन् मिस नेवाः नेपालको ताज
समाचार२०८३ भाद्र ७, आईतवार २०:४७लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिबद्धता









