‘वरिष्ठ बलराम’ को गीत ‘न्याउली बनैमा’ करोड क्लबमा

काठमाडौं । कात्तिक ६ गते भाइटीकाको अवसर पारेर रिलिज भएको चलचित्र ‘वरिष्ठ बलराम’ ले यतिबेला सुखद ब्यापार गरि रहेको छ । चलचित्र कति ब्यापार गर्यो भन्ने तथ्यांक निर्माण टिमले सार्वजनिक गरेको छैन।
‘वरिष्ठ बलराम’ को गीत ‘न्याउली बनैमा’ ले सामाजिक सञ्जाल र विशेषगरी टिकटकमा लोकप्रियता बटुलिरहेको छ। सार्वजनिक भएको छोटो समयमा नै यस गीतले युट्युबमा १ करोड बढी भ्युज प्राप्त गरिसकेको छ, जसले यसको लोकप्रियता स्पष्ट पार्छ ।
प्रशान्त शिवाकोटीको शब्द रचना र संगीत रहेको यस गीतमा प्रशान्त र शान्तीश्री परियारको सुमधुर स्वर रहेको छ ।ओएसडिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गीतले दर्शकलाई हलसम्म तान्ने काम पनि गरेको छ।
सार्वजनिक गीतमा एकअर्कालाई मन पराउने युगल जोडीको भूमिकामा विजय बराल र समृद्धि अर्याल छन् । गीतमा शंकाका बीचमा सँगै जीवन बिताउने सहमति गर्छन् । विशेषगरी, विजयको अभिनय कौशल र नृत्यले दर्शकबाट निकै प्रशंसा पाएको छ, जसले चलचित्रको समग्र पब्लिसिटीमा ठूलो सहयोग पुर्याएको छ।
‘वरिष्ठ बलराम’ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्र ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, सम्वृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ ।
निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् । आशिष एच तामाङ र श्रीराज कार्की निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता प्रदीप जी धामी र पुस्कर बी घिमिरे हुन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ८, सोमबार १९:१६लागुपदार्थ दुर्व्यसनी र बालमैत्री स्थानीय शासनबारे मनरुपी माविका विद्यार्थीलाई अभिमुखिकरण
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र ८, सोमबार १२:२१एचआइभीका नयाँ रोगी पहिचान
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ८, सोमबार ०९:४३‘मिसेस भोग सीजन फोर’ को घोषणा » Celebrity Nepal
खेलकुद२०८३ भाद्र ८, सोमबार ०८:२९बार्सिलोनाको फराकिलो जित









