सशस्त्र प्रहरीद्वारा पाथीभरामा आउने दर्शनार्थीको लागि स्वास्थ्य सहायता कक्ष स्थापना

काठमाडौं, ९ कात्तिक । पाथीभरा देवी मन्दिरमा आउने दर्शनार्थीलाई लक्षित गरी सशस्त्र प्रहरीले पाथीभराको बल्लुडाँडामा ‘दर्शनार्थी स्वास्थ्य सहायता कक्ष’ स्थापना गरेको छ। सशस्त्र प्रहरी बल १ नम्बर गुल्म हे.क्वा. कञ्चनजंघा, ताप्लेजुङले पाथीभरा क्षेत्रमा ‘दर्शनार्थी स्वास्थ्य सहायता कक्ष’ स्थापना गरेको हो। ‘दर्शनार्थी स्वास्थ्य सहायक कक्ष’ स्थापना गरेकै दिन ३९ जना दर्शनार्थीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमोदप्रकाश पाठकले जानकारी दिए। कञ्चनजंघा गुल्म र पाथीभरा क्षेत्र विकास समिति, ताप्लेजुङको सहकार्यमा ‘दर्शनार्थी स्वास्थ्य सहायता कक्ष’ स्थापना गरी तालीम प्राप्त सशस्त्र प्रहरी कर्मचारीद्वारा स्थायी रूपमा सेवा प्रवाह गरिएको डिएसपी पाठकले बताए।
सशस्त्र प्रहरी र विभिन्न संघरसंस्थाको संयुक्त उपस्थितिमा पाथीभरा क्षेत्रमै बृहत्त सरसफाइ कार्यक्रम समेत सम्पन्न भएको छ। पाथीभरा क्षेत्र विकास समिति र फुङलिङ नगरपालिकाको संयुक्त आयोजनामा ‘विश्व शान्तिका लागि पूजा(आराधना तथा बृहत्त सरसफाइ कार्यक्रम’ सञ्चालन गरिएको हो। शनिबार सञ्चालित उक्त कार्यक्रममा ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाई, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेन तथा उपमेयर भिमादेवी ओझा, सशस्त्र प्रहरी बल कञ्चनजङ्घा गुल्म, ताप्लेजुङका डिएसपी प्रमोदप्रकाश पाठक, नेपाली सेनाको दुर्गादल गुल्मका गुल्मपति सेनानी उमेश खड्कालगायतको अस्थिति रहेको पाथीभरा बेसका प्रमुख सशस्त्र प्रहरी निरीक्षक लोकेन्द्र प्रसाईले जानकारी दिए।
उक्त सरसफाई कार्यक्रममा पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवे, समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाम, सशस्त्र प्रहरी, नपाली सेना, नेपाल प्रहरी, जनप्रतिनिधिहरू, पत्रकार, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि र स्थानीयसहित १ सय जनाभन्दा बढीको उपस्थिति रहेको सशस्त्र प्रहरी निरीक्षक प्रसाईले बताए।
धामीरझाकीसहित पाथीभरा देवी मन्दिरमा पूजा–आराधना गरी पाथीभरा देवी मन्दिर परिसर, कान्छी थान हुँदै मथिल्लो फेदीसम्म सरसफाइ गरिएको थियो। पाथीभरा क्षेत्रबाट विश्व शान्तिको सन्देश दिने उदेश्यले समेत उक्त कार्यक्रम आयोजना गरिएको हो। सशस्त्र प्रहरी बलले बल्लुडाँडामा स्थापना गरेको ‘दर्शनार्थी स्वास्थ्य सहायता कक्ष’ले पाथीभरा देवीको दर्शन गर्न जाने दर्शनार्थीलाई ठूलो राहत मिल्ने देखिन्छ। सशस्त्र प्रहरी बलले स्थापना गरेको उक्त ‘दर्शनार्थी स्वास्थ्य सहायता कक्ष’को पाथीभरा देवी मन्दिरको दर्शन गर्न पुग्ने दर्शनार्थीहरूले प्रशंशा समेत गरेका छन्।




लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:४८ज्योति राजको ‘नाक्छोङ’लाई विशेष चलचित्र पुरस्कार, राष्ट्रपति पौडेलद्वारा सम्मान प्रदान
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ६, शनिबार १४:२३ऋषि धमला « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १०:०३राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट सम्पादक बने नहकुल खड्का
खेलकुद२०८३ असार ६, शनिबार ०९:१४विश्वकप फुटबलः ब्राजिलद्वारा हाइटी पराजित









