‘परान’ फिल्म मेरा लागि एकदमै विशेष छ: अभिनेत्री पुजा चन्द

काठमाडौँ । यहि कार्तिक १४ गतेबाट रिलिज हुने फिल्म ‘परान’को प्रचारप्रसारका लागि अभिनेत्री पूजा चन्द अमेरिकाबाट नेपाल आइपुगेकी छन् । उनी आज (सोमबार) नेपाल ल्याण्ड भएकी हुन् । अभिनेत्री चन्दलाई ‘परान’ का निर्देशक दीपक आचार्यले विमानस्थलमा स्वागत गरेका थिए ।
विमानस्थलमा ओर्लिए लगत्तै सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अभिनेत्री चन्दले आफूले १८ घण्टा लामो यात्रामा आफ्नो मोबाइलमा भएका फिल्मका क्लिप्सहरु हेरेर बिताएको र फिल्म प्रचारका लागि करिब एक महिना नेपाल रहने जानकारी दिइन् । ‘परान’ लाई लिएर आफू निकै उत्साहित रहेको उनको प्रतिक्रिया छ ।
‘परान फिल्म मेरा लागि एकदमै विशेष छ। प्रमोसनका लागी पुर्ण समय दिनेछु । पारिवारिक कथामा बनेको यो फिल्म सबैलाई मनपर्ने मेरो विश्वास छ।’, उनले भनिन् । ‘निर शाह ज्यूसँग काम गर्न पाउनु मेरो लागी अर्को ठुलो खुसी हो ।’
सक्किगोनी फेम दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको यो पहिलो फिल्म हो । फिल्ममा निर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, महेश त्रिपाठी, अन्जना बराइली, प्रविण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई, तथा बाल कलाकार आर्यदीप आचार्यको अभिनय रहेको छ।
रिदम कँडेलको संगीत, प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमालको स्वर रहेको गीतहरू, शिवराम श्रेष्ठको छायांकन तथा मित्र डी. गुरूङको सम्पादन रहेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ३१, बुधबार ०६:१३एक हजार ३९९ शव फेला
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ३०, मंगलवार २०:००चलचित्र ‘आचार्य’ को पहिलो गीत सार्वजनिक, निखिलको रोमान्टिक अवतार
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ३०, मंगलवार १९:४३‘झिंगे दाउ २’ को ‘ए माया नजिकै सर’ सार्वजनिक, गीतमा देखियो दशैंको झल्को
समाचार२०८३ भाद्र ३०, मंगलवार १६:२२नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन









