निःशुल्क स्वास्थ्य शिविरबाट ८२६ महिला लाभान्वित

ढोरपाटन (बागलुङ), १४ कात्तिक । रोटरी क्लबको आयोजनामा बुर्तिबाङमा महिलाका निम्ति सञ्चालित चारदिने निःशुल्क स्वास्थ्य शिविर बिहीबार सम्पन्न भएको छ । शिविरबाट ८२६ जना लाभान्वित भएका छन् ।
रोटरी क्लब अफ बुर्तिबाङका अध्यक्ष ध्रुव सुवेदीका अनुसारशिविरमा पाठेघर खसेका, पाठेघरको मुख तथा स्तनसम्बन्धी समस्या भएका बिरामीको परीक्षण तथा उपचार गरिएको छ । शिविरान ३८४ जनाको पाठेघर परीक्षण तथा १४ जनाको पाठेघरको शल्यक्रिया गरिएको छ ।
स्वास्थ्य परीक्षणका निम्ति शिविरमा ढोरपाटन नगरपालिका, बडिगाड, निसीखोला, तमानखोला गाउँपालिकासहित छिमेकी जिल्ला गुल्मी र रुकुमबाट पनि बिरामी आएका थिए । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ६, शनिबार १४:२३ऋषि धमला « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १०:०३राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट सम्पादक बने नहकुल खड्का
खेलकुद२०८३ असार ६, शनिबार ०९:१४विश्वकप फुटबलः ब्राजिलद्वारा हाइटी पराजित
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:४६चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने









