काँग्रेस केन्द्रीय कार्य समितिको बैठक आज बस्दै

काठमाडौँ- नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठक आज बस्दैछ । पार्टीको महाधिवेशनको मितिको विषयमा पदाधिकारीहरुबीच नै विवाद देखिएपछि शुक्रबार बस्ने भनिएको बैठक सारेर आजलाई राखिएको हो ।
जेन-जी आन्दोलनपछि विकसित राजनीतिक परिस्थितिमा नेपाली काँग्रेसले कसरी निकास निकाल्न सकिन्छ भनेर विचार बिमर्श गरिरहेको तर संस्थापन पक्ष र अर्को पक्षबीच सहमति नहुँदा महाधिवेशनको मितिको टुंगो लाग्न सकेको छैन ।
सभापति शेरवहादुर देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिएपछि केन्द्रीय समिति बैठक बसेको त छ तर निर्णयहरु गर्न सकिरहेको छैन।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले निर्धारित मिति अर्थात यही मंसिरमा नियमित महाधिवेशन गर्ने गरी दवाव दिइरहेका छन भने उनीहरुकै नेतृत्वमा विशेष महाधिवेशनको माग गर्दै ५० प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाइसकेका छन ।
नियमित महाधिवेशनमा नगए विशेष महाधिवेशन गराउने दवावस्वरुप भेला आव्हान पनि गरिएको छ।
तर संस्थापन पक्षले निर्वाचन पछि मात्र महाधिवेशन गर्ने भन्दै राखेको अडानले पार्टीको आन्तरिक विवाद बढेको छ।
नियमिति वा विशेष महाधिवेशन भन्ने विषयलाई आजको बैठकले टुंगो लगाउन नसके यो विषय थप पेचिलो बन्दै जाने काँग्रेसका नेता कार्यकर्ताहरुको बुझाइ छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २६, शुक्रबार १५:३५उपकरण हस्तान्तरण गर्न अस्पतालको आह्वान
कला, विचार/मनोरञ्जन२०८३ असार २६, शुक्रबार ०९:२१सबैको नजरमा ‘गौँथली’, युट्युब ट्रेन्डिङमा पहिलो
कला, विचार/मनोरञ्जन२०८३ असार २६, शुक्रबार ०९:१३महेश, अञ्जना र सुशांकलाई लिएर राजिव गुरुङले घोषणा गरे ‘आशा’
खेलकुद२०८३ असार २६, शुक्रबार ०६:५१फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश









