मध्य पहाडी लोक मार्ग अलपत्र हुँदा स्थानीय आन्दोलित

बागलुङ – ट्र्याक खोलेको ३० वर्ष हुँदा सम्म मध्य पहाडी लोक मार्गको बागलुङ बिहु खण्डको २५ किलोमिटर सडक कालोपत्रे हुन सकेको छैन । सडक कालोपत्रे नहुँदा झन्डै १२ सय घरधुरीका ७ हजार स्थानीयहरू धुलोको कारण श्वासप्रश्वासका बिरामी बढ्दै गएका छन् भने स्थानीयवासीले सडक सम्पन्न गर्न दबाब दिन थालेका छन् । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मध्य पहाडी राजमार्गको यस खण्ड कालोपत्रे गर्न स्थानीयले दबाब दिएका छन् ।
ठेकेदार कम्पनीको चरम लापरबाही तथा स्थानीय सङगिय प्रदेश सरकारले चासो नदेखाएको कारण सडक समयमा सम्पन्न नहुँदा यात्रु तथा स्थानीय बासीहरुले निकै सास्ती व्यहोर्नु परेको छ । बागलुङ देखि घोडाबाधे सम्मको २५ किलोमिटर सडक समयमा सम्पन्न भएको भन्दै त्यस क्षेत्रका स्थानीय बासी आन्दोलनमा उत्रेका छन् । उनीहरूले सडक सम्पन्न गर्नको लागि दबाब स्वरूप आन्दोलनको कार्यक्रम
थालेका छन् । स्थानीयवासीले जिल्ला प्रशासन कार्यालयलाई सडक निमार्णको लागि पहल गरिदिन भन्दै दबाब दिएका छन् । सडक कालोपत्रे गर्न पहल नगरे आगामी मङ्सिर १ गतेदेखि थप आन्दोलन गर्नेउनीहरूले बताएका छन् ।
बागलुङ बजारदेखि घोडाबाधे सडकको पहिलो खण्डको १३ किमी र बिहुदेखि घोडाबाधे सम्मको दोस्रो खण्डको १२ किलो मिटर सडक कालोपत्रे अलपत्र हुँदै आएको छ । मध्य पहाडी पुष्पलाल लोक मार्ग अन्तर्गत बागलुङ पर्ने १३५ किलोमिटर मध्य बागलुङ जिल्ला सदरमुकाम खण्डको पहिलो खण्डको ३ किलोमिटर र दोस्रो खण्डको १२ किलोमिटर कालोपत्रे हुन सकेको छैन । सडक निमार्णको लागि सम्बन्धी निमार्ण व्यवसायीलाई बोलाइ पहल गरिने प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले बताउनुभयो ।
पहिलो खण्डको काम पाँच पटक सम्म म्याद थप गर्दा समेत काम गर्न नसकेपछि निमार्ण व्यवसायी सूर्य कन्स्ट्रक्सन सँगको ठेक्का सम्झौता रद्द गरी पुन दोस्रो पटक टेन्डर गरी रिजाल तामाङ भगवती जे ,भी लाई जिम्मा दिई काम नगरेपछि स्थानीय थप समस्यामा परेका छन् । उपल्ला चौर देखि १३ किलोमिट र सडमको भरतसिद्धिसाई जें.भीसँग २०७३ माघमा दुई बर्षमा सक्ने गरी ठेक्का सम्झौता गरिए पनि अहिले सम्म पाँच पटक म्याद थप गर्दा समेत काम हुन सकेको छैन । १० किमी सडक मात्रै कालोपत्रे भएको छ भने ३ किलोमिटर सडक कालोपत्रे हुन बाकी छ । मध्य पहाडी लोक मार्ग हुँदै बागलुङ लगाए सुदुरपश्चिसम्म पुग्ने यात्रु यो खण्ड निमार्ण अलपत्र हुँदा मर्कामा परेका छन् । दैनिक यस सडकमा सानादेखि ठुला गरी दुई सय देखि तीन सय गाडी आवतजावत गर्दछन् सडक कालोपत्रे नहुँदा झन्डै १२ सय घरधुरीका ७ हजार स्थानीयहरू धुलोको कारण श्वासप्रश्वासका बिरामी बढ्दै गएको स्थाीनयहरु बताउँछन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १२, मंगलवार २१:४२सोम गुरुङको ‘चौंरीको गोठ’ मा सुरेश र रश्मी
खेलकुद२०८३ जेष्ठ १२, मंगलवार १३:३८प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १२, मंगलवार १०:४१चलचित्र ‘कुम्भ’ को एक्सन प्याक ट्रेलर सार्वजनिक
खेलकुद२०८३ जेष्ठ ११, सोमबार २३:१०पलेशाले दिलाइन् नेपाललाई कास्य









