चलचित्र संग्राहलयका लागि रेड एमएक्स क्यामेरा प्रदान

काठमाडौँ। चलचित्र विकास बोर्डले निर्माण गर्दै गरेको ‘चलचित्र संग्राहलय’ का लागि अत्याधुनिक रेड एमएक्स क्यामेरा प्रदान गरिएको छ। नेपाली चलचित्र क्षेत्रकै पहिलो ऐतिहासिक संग्राहलय स्थापनाको तयारीसँगै यस क्यामेराको हस्तान्तरणले परियोजनालाई थप सशक्त बनाएको बोर्डले जनाएको छ।
१६ वर्षदेखि नेपाली चलचित्रको छायांकन क्षेत्रमा सक्रिय सिनेमाटोग्राफर पुरुषोत्तम प्रधानको नेतृत्वमा सिनेफोकस प्रोडक्सन हाउसका सञ्चालक रजत बुढाथोकीले उक्त क्यामेरा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीलाई हस्तान्तरण गरेका हुन्।
क्यामेरा ग्रहण गर्दै अध्यक्ष डिसीले भने, “चलचित्रको इतिहास, प्रविधि र योगदानको संरक्षण अब कागजमा मात्र होइन, वास्तविक उपकरण र दस्तावेजमार्फत प्रमाणित गर्ने समय आएको हो।”
उनका अनुसार संग्राहलयले नेपाली चलचित्रको ऐतिहासिक यात्रालाई व्यवस्थित रूपमा अभिलेख गर्न सहयोग पुर्याउनेछ।
चलचित्र संग्राहलयमा पुराना क्यामेरा, उत्पादन उपकरण, पोस्टर, पटकथा, संगीत सामग्री, पुरस्कार तथा सम्मान जस्ता चलचित्रसम्बन्धी सम्पदाहरू संरक्षित गरिनेछ। प्रदान गरिएको रेड एमएक्स क्यामेराबाट ‘मायाज बार’, ‘छ एकान छ’, ‘अझै पनि’ लगायतका लोकप्रिय चलचित्रहरू छायांकन भएका थिए।
क्यामेरा हस्तान्तरण गर्दै बुढाथोकीले भने, “नेपाली चलचित्रको इतिहास जोगाउन र नयाँ पुस्तालाई प्रेरणा दिन पाउनु नै सबैभन्दा ठूलो सन्तुष्टि हो।”
दाङबाट काठमाडौं आएर चलचित्र उपकरण र पोष्ट–प्रोडक्सन सेवा प्रदान गर्दै आएका बुढाथोकीले सिनेफोकसलाई आधुनिक प्रविधिमा अब्बल कम्पनीका रूपमा स्थापित गरेका छन्। कार्यक्रममा चलचित्र पत्रकार संघका समिर बलामी, महासचिव रघुनाथ सापकोटालगायतको उपस्थिति रहेको थियो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १८, सोमबार २२:५६हलीको पोस्टरले दाङ,नेपालगञ्ज,धनगढी लगायतका अटोमा भरिभराउ
समाचार२०८३ श्रावण १८, सोमबार १४:१९माइतीघर डुबान समस्यामा दीर्घकालीन समाधानको खोजी गरिँदै
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १८, सोमबार ०७:५६बाजुराको बडीमालिकाबाट ‘ए मेरो हजुर ५’को छायांकन शुभारम्भ हुने
समाचार२०८३ श्रावण १८, सोमबार ०७:२६सूर्यज्योति लाइफ इन्स्योरेन्स धादिङद्वारा उत्कृष्ट अभिकर्ता सम्मान, लक्ष्यको १२९ प्रतिशत व्यवसाय









