सल्यानकोट स्वास्थ्य चौकी उत्कृष्ट

धादिङ, कात्तिक २३ गते ।
त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानकोट स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट बनेको छ । डाटा भेरिफिकेसनमा ६७.६ अङ्क ल्याएर सल्यानकोट स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट बनेको हो । त्यसैगरी ६७.५ अङ्क ल्याएर मुरलीभञ्ज्याङ स्वास्थ्य चौकी दोस्रो भएको छ भने ६४.५ अङक् ल्याएर महादेववेशी स्वास्थ्य चौकी तेस्रो हुन सफल भएको छ ।
जनस्वास्थ्य कार्यालय धादिङको आयोजनामा संचालन भएको डाटा भेरिफिकेसन कार्यक्रममा वार्षिक समिक्षाको अवसर पारी उत्कृष्ट स्वास्थ्य चौकी छनोट गरिएको हो ।
स्वास्थ्य संस्था बाट प्रदान गरेका विभिन्न सेवामा आधारित रहेर मुल्याङ्न गरिएको जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेलले बताउनुभयो। कार्यक्रममा सहभागी स्वास्थ्य संस्थाहरुले आगामी दिनमा धादिङ जिल्लाको सेवा गुणस्तरमा अझै प्रगती गर्दै जाने प्रतिवद्धता गरेका छन् ।
जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख कुलमान विकको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा १३ वटै स्थानिय तहका प्रतिनिधि, स्वास्थ्य शाखा प्रमुख र प्रत्येक स्थानिय तहका उत्कृष्ट स्वास्थ्य चौकिका ईन्चाजहरुको उपस्थिति रहेको थियो ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २६, शुक्रबार १५:३५उपकरण हस्तान्तरण गर्न अस्पतालको आह्वान
कला, विचार/मनोरञ्जन२०८३ असार २६, शुक्रबार ०९:२१सबैको नजरमा ‘गौँथली’, युट्युब ट्रेन्डिङमा पहिलो
कला, विचार/मनोरञ्जन२०८३ असार २६, शुक्रबार ०९:१३महेश, अञ्जना र सुशांकलाई लिएर राजिव गुरुङले घोषणा गरे ‘आशा’
खेलकुद२०८३ असार २६, शुक्रबार ०६:५१फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश









