घुमौं रुविभ्याली म्यूजिक भिडियो सार्वजनिक

धादिङ, कात्तिक २५ गते ।
रुविभ्याली पदयात्रा मार्गको प्रवर्धन गर्ने उद्देश्यले निर्माण गरिएको म्यूजिक भिडियो घुमौं रुविभ्याली सार्वजनिक गरिएको छ । पर्वतीय क्षेत्रका मानिसलाई सहयोग गर्ने उद्देश्यले स्थापित हिमालयन कम्युनिटी प्रोजेक्ट (ट्रस्ट) ले यो गीत निर्माण गरेको हो ।
ट्रस्टको औपचारिक घोषणासँगै पहिलो प्रोजेक्टको रुपमा घुमौं रुविभ्याली म्यूजिक भिडियो निर्माण गरिएको ट्रस्टका अध्यक्ष रामप्रसाद सापकोटाले बताउनुभयो । अध्यक्ष सापकोटाको रचना, परिकल्पना र निर्माणमा बनेको म्यूजिक भिडियोले रुविभ्यालीको सुन्दर दृष्यलाई कथानक शैलीमा प्रस्तुत गरेको छ । धादिङ स्थाइ घर भएका सापकोटा पर्यटन व्यवसायी हुनुहुन्छ ।
रुविभ्याली ट्रेक काठमाडौंबाट नजिकै रहेको धादिङ जिल्लाको उत्तरी भूभाग समेट्ने पदमार्गको लागि लोकप्रिय छ । गणेश हिमालको शिरदेखि नरसिंहधामको पाउसम्मका बहुआयामिक दृष्यहरुलाई समेटी म्यूजिक भिडियोमार्फत देखाउँदा यसले पर्यटन प्रवर्धनमा सहयोग गर्ने निर्माता सापकोटाले बताउनुभयो ।
म्यूजिक भिडियोको लोकार्पण गर्दै साहित्यकार नवराज लम्सालले यो गीतले सिङ्गो रुविभ्यालीको चित्रण गरेको बताउनुभयो । आफू धादिङवासी भए पनि यो गीत हेर्दा रुविभ्याली क्षेत्रको बारेमा अझै धेरै जानकारी प्राप्त भएको उहाँले बताउनुभयो । वास्तविक धादिङ त छायाँमा परेको रहेछ भन्दै लम्सालले धादिङको बहुआयामिक विशेषतालाई प्रचार–प्रसार गर्न सबैलाई आग्रह गर्नुभयो ।
विवेक सापकोटाले निर्देशन गरेको म्यूजिक भिडियोलाई अल थ्री मिडिया घरले उत्पादन गरेको हो । यसमा सुधिर श्रेष्ठ र सगुन थापाको अभिनय रहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ६, शनिबार १४:२३ऋषि धमला « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १०:०३राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट सम्पादक बने नहकुल खड्का
खेलकुद२०८३ असार ६, शनिबार ०९:१४विश्वकप फुटबलः ब्राजिलद्वारा हाइटी पराजित
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:४६चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने









