धादिङेली स्वास्थ्यकर्मीहरूबीच भर्चुअल माध्यमबाट अन्तरक्रिया

धादिङबेशी २५ कात्तिक । धादिङका स्वास्थ्यकर्मीहरूबीच अनुभव आदानप्रदान र समन्वय बढाउने उद्देश्यले अन्तर्राष्ट्रिय धादिङ समाजले भर्चुअल माध्यमबाट स्वास्थ्यकर्मी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। धादिङका स्वास्थ्यकर्मीहरूलाई एउटै साझा मञ्चमा जोड्ने उद्देश्यले अन्तर्राष्ट्रिय धादिङ समाजले “स्वस्थ धादिङ समुदायका लागि एक साथ” भन्ने नाराका साथ अन्तरक्रिया कार्यक्रम गरेको हो ।
कार्यक्रममा धादिङमा जन्मथलो भएका र हाल स्वदेश तथा विदेशमा कार्यरत डाक्टर, नर्स, दन्त चिकित्सक, फार्मासिस्ट, अडियोलोजिष्ट, सार्वजनिक स्वास्थ्य विज्ञ र चिकित्सा विद्यार्थीहरूको सहभागिता रहेको थियो । जिल्लाको वर्तमान स्वास्थ्य अवस्था, चुनौतीहरू र समाधानका साथै सहयोगको प्राथमिक क्षेत्र पहिचान गर्नु, विशेषज्ञ र स्वास्थ्यकर्मीबीच ज्ञान साझा गर्नु, बलियो र दिगो नेटवर्क स्थापना गर्नु, तथा समुदायमा स्वास्थ्य परियोजनाहरू प्रभावकारी रूपमा सञ्चालन गर्ने रणनीति तयार गर्ने उद्धेश्यले कार्यक्रम गरिएको समाजका अध्यक्ष राजन खकुरालले जानकारी दिनुभयो । कार्यक्रममा धादिङका स्थानीय स्वास्थ्यकर्मी र स्वदेश तथा विदेशमा रहेका विशेषज्ञहरूले जिल्लामा देखिएका समस्या र समाधानका उपायहरूबारे विचार व्यक्त गर्नुभएको थियो । साथै, विदेशमा रहेका विशेषज्ञ तथा अन्य व्यक्तित्वहरूले समस्याको समाधानमा पहल गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।
कार्यक्रमको निर्णयअनुसार, अन्तर्राष्ट्रिय धादिङ समाजले स्वास्थ्य विभाग गठन गर्ने र केही हप्ताभित्रै जिल्ला स्वास्थ्य निकाय र नीलकण्ठ नगरपालिकासँग सहकार्य गरेर दीर्घकालीन स्वास्थ्य सुविधाको खाका तयार गर्ने अध्यक्ष खकुरालले बताउनुभयो । भर्चुअल कार्यक्रमको सञ्चालन प्रसूना कडेलले गर्नुभएको थियो । उहाँ क्रिटिकल केयर आउटरीच विशेषज्ञ तथा न्यू बक्स विश्वविद्यालयकी व्याख्याता हुन् । उनी एनआरएनए युरोप क्षेत्रीय समन्वयक समेत हुन्नुहुन्छ। नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भिम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा करिब ३० जनाको सहभागिता रहेको थियो । जसमा फिनल्याण्ड, यूएसए, जापान, क्यानडा, बेल्जियम, पोर्चुगल, युके, बहराइन, नेपाल, मिडल ईष्टका देश, चेक रिपब्लिक र कोरियामा रहेका स्वास्थ्यकर्मीहरू उपस्थित रहेको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २६, शुक्रबार १५:३५उपकरण हस्तान्तरण गर्न अस्पतालको आह्वान
कला, विचार/मनोरञ्जन२०८३ असार २६, शुक्रबार ०९:२१सबैको नजरमा ‘गौँथली’, युट्युब ट्रेन्डिङमा पहिलो
कला, विचार/मनोरञ्जन२०८३ असार २६, शुक्रबार ०९:१३महेश, अञ्जना र सुशांकलाई लिएर राजिव गुरुङले घोषणा गरे ‘आशा’
खेलकुद२०८३ असार २६, शुक्रबार ०६:५१फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश









