नगरपालिका भित्रका सहकारीलाई व्यवस्थित बनाउन छलफल तथा अन्तरक्रिया

धादिङ, कात्तिक २६ ।
नीलकण्ठ नगरपालिकामा दर्ता÷श्रेष्ता रहेका सहकारी संस्थाहरूको गतिविधि सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नीलकण्ठ नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा नगरपालिकाभित्र क्रियाशील सबै सहकारी संस्थाका प्रतिनिधिहरूको उपस्थिती रहेको थियो।
कार्यक्रममा सहकारीका उद्देश्य, सदस्यता प्राप्ति प्रक्रिया, सहकारी शिक्षा, साधारण सभा सञ्चालन, कोषको वर्गीकरण र खर्च व्यवस्थापन, प्रतिवेदन पेश गर्ने विधि, विनियम संशोधन तथा क्षमता विकास तालिमजस्ता विषयमा विस्तृत रूपमा छलफल गरिएको थियो।
कार्यक्रममा सामाजिक विकास शाखा प्रमुख उर्मिला थपलियाले पछिल्लो समय सहकारी संस्थाहरूले आफ्ना मूल उद्देश्यभन्दा पनि बचत संकलन र ऋण प्रवाहमा बढी ध्यान दिन थालेको बताउनुभयो। उहाँले सहकारीको स्थायित्वका लागि स्थापना उद्देश्यअनुसार नै सञ्चालन गर्न आग्रह गर्नुभयो।
त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कडेलले सहकारी संस्थाको भूमिका र जिम्मेवारी स्पष्ट पार्दै भन्नुभयो, “सहकारी बैंक होइन, सहकारीले बैंकका काम गर्ने होइन। सहकारीको स्थापना सामान्य नागरिकको जीवनस्तर उकास्ने र शैक्षिक तथा आर्थिक हिसाबले सशक्त बनाउने उद्देश्यका लागि गरिएको हो।”आवश्यक तालिम र सहजिकरणको लागि नगरपालिकासँग समन्वय गर्न समेत आग्रह गर्नुभयो ।
आर्थिक विकास समितिका संयोजक लक्ष्मण रम्तेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कडेल प्रमुख अतिथि रहनुभएको थियो।
हाल नीलकण्ठ नगरपालिका भित्र ६८ वटा सहकारी संस्था रहेको छ । ति मध्ये १७ वटा खारेजीको अन्तिम चरणमा रहेको नगरपालिकाले जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १२, मंगलवार २१:४२सोम गुरुङको ‘चौंरीको गोठ’ मा सुरेश र रश्मी
खेलकुद२०८३ जेष्ठ १२, मंगलवार १३:३८प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १२, मंगलवार १०:४१चलचित्र ‘कुम्भ’ को एक्सन प्याक ट्रेलर सार्वजनिक
खेलकुद२०८३ जेष्ठ ११, सोमबार २३:१०पलेशाले दिलाइन् नेपाललाई कास्य









