पायक पर्ने स्थानमै आँखाजाँच शिविर आयोजना गर्दा …

तुलसीपुर (दाङ),८ मङ्सिर । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हरिपौरीकी ५३ वर्षीया रस्मिता दाहालले यसअघि आँखा जाँच गरेकी थिइनन् । तर, अहिले गाउँमै शिविर आएपछि जाँच गर्दा दाँया आँखामा मासु पलाएको रहेछ ।
स्वास्थ्यकर्मीले उनलाई तत्काल शल्यक्रिया गर्ने सुझाव दिए । “पहिले कहिल्यै जाँच गरेकी थिइन”,उनले भनिन् “अहिले जाँच गर्दा आँखामा मासु पलाएको रहेछ, शल्यक्रिया गर्ने भनिएको छ ।”
त्यस्तै तुलसीपुर १२ कै ८२ वर्षीय चेतनाथ पोख्रेलको पनि आँखा परीक्षण गर्दा मोतिविन्दु देखियो । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित राप्ती आँखा अस्पतालले एनएबिपी नर्वेको आर्थिक एवं प्राविधिक सहयोग आयोजित निःशुल्क आँखा जाँच शिविर आयोजना गरिएको थियो ।
तुलसीपुर उपमहानगरपालिका–१२ द्वारा संयोजित सो निःशुल्क आँखा जाँच कार्यक्रम ८२ वर्षीय पोख्रेलले पनि आँखा परीक्षण गराएका थिए । आँखा जाँच गरेपछि उहाँले अब प्रत्येक ६÷६ महिनामा आँखा अस्पताल गएर जाँच गराउने स्वास्थ्यकर्मीले सुझाव दिएको बताए ।“पहिले पनि आँखामा औषधि त हाल्थेँ, आँखा चिलाउथ्यो, आँशु आउथ्यो”,उनले भने, “तर, अहिले मोतिविन्दु नै भइसके छ ।”
आइतबार तुलसीपुर १२ हरिपौरीस्थित वडा कार्यालयमा भएको शिविरमा उनीहरु जस्तै २४७ जनाले निःशुल्क आँखा जाँच गराएका थिए ।
यो कार्यक्रमले वडावासीलाई गाउँमै सेवा प्रदान गन सहज भएको वडाध्यक्ष खुसीराम चौधरीले बताए । उनका अनुसार अझै पनि आँखाको रोग पालेर गाउँ–गाउँमा बसिरहेकाले समस्या पहिचान गरी उपचार गर्नका लागि भूमिका खेल्न यो शिविर सञ्चालन गरिएको हो ।
शिविरबाट ४० जनामा मोतिविन्दु देखिएको थियो । उनीहरुलाई निःशुल्क उपचार गरिनेछ भने त्यो बाहेक अन्य शल्यक्रिया गर्नुपर्ने भएमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २६, शुक्रबार ०९:२१सबैको नजरमा ‘गौँथली’, युट्युब ट्रेन्डिङमा पहिलो
खेलकुद२०८३ असार २५, बिहीबार २२:५८क्वार्टरफाइनलमा आज फ्रान्स र मोरक्को भिड्दै « रिपोर्टर्स नेपाल
समाचार२०८३ असार २५, बिहीबार १९:२०एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
कला, विचार/मनोरञ्जन२०८३ असार २५, बिहीबार १४:०१सुमनको चलचित्र डेब्यू, ‘तिरिमिरी झ्याइँ’को शुभ मुहूर्त सम्पन्न









