धुब्र र मनिषाको ‘मर्छु हजुर’ मा पल र अनिता

धुब्र र मनिषाको ‘मर्छु हजुर’ मा पल र अनिता


काठमाडौं। अभिनेता पल शाह र अनिता गिरी अभिनित ‘मर्छु हजुर’ गीतको भिडियो सार्वजनिक गरिएको छ । भिडियो सुनिल दवाडीको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो। सुनील दवाडी प्रस्तुतकर्ता रहेको यस गीतको भिडियोमा अभिनेता पल शाह र अनिता गिरीको जोडीलाई देख्न सकिन्छ। एकअर्काबीचको मायामा गढिएका युवायुवतीको कथामा गीतको भिडियो निर्माण गरिएको छ। गीतको भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन्। प्रकाश खड्काले छायांकन गरेको भिडियोको सम्पादन मिलन बिस्वकर्माले गरेका हुन्

गायक धुब्र बिक र गायिका मनिषा सुनारले गाएको यस गीतमा शब्द संगीत ज्ञानेन्द्र गिरीको छ। गीतको एरेन्ज,मिक्सिङ र मास्टरिङ सुलभ घिमिरेले गरेका छन्। यसअघि अनिता गिरीले एक दर्जन भन्दा बढि म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन्।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  चलचित्र ‘कुम्भ’ को एक्सन प्याक ट्रेलर सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 2   +   2   =