क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा संसदीय निर्वाचन बहिष्कार

धादिङ,७ पुस
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सहभागी नहुने जनाएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका आठ नम्बर व्यूरो सेक्रेटरी एवम् केन्द्रीय सदस्य श्यामकुमार केशी ‘दीपक’ ले संसदीय निर्वाचन बहिष्कार गर्नु पर्ने भन्दै बहिष्कार गर्न अनुरोध समेत गर्नुभएको हो ।जिल्ला समिति धादिङले धादिङबेसीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमको सम्बोधन गर्दै उहाँले निर्वाचनको औचित्य नरहेकोले सहभागी नहुने बताउनुभयो ।संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गतको संसदीय व्यवस्थाले निरन्तरता पाएसँगै देशको राष्ट्रियता, जनतन्त्र र जनजीविकाको अवस्था झनै विकराल बन्दै गएको उहाँले बताउनुभयो ।
पार्टीले २०८२ भदौ २३ र २४ गतेको प्रदर्शनले संसदीय व्यवस्थाको असफलता उजागर गरेको उहाँले दावी गर्नुभयो । ‘सरकार न त जेन जेड आन्दोलनको मर्मअनुसार रहेको न त संविधान र कानुनको मापदण्डअनुसार बनेको छ । यो ‘कठपुतली सरकार’ हो । उहाँले भन्नुभयो, ‘अहिलेको सरकार न जेन्जीको न त नेपाली जनताको सरकार हुन सकेको छ ।भ्रष्टाचार मौलाउँदै गएको, रोजगारीको अवस्था कमजोर भएको र त्यसकै कारण युवाहरूको पलायन बढ्दै गएको अवस्थामा निर्वाचन भन्दा स्वाधिन संयुक्त सरकार गठनको आवश्यकता हो ।’
पत्रकारहरुको जिज्ञासाहरुको सम्बोधन गर्दै उहाँले अहिलेको सरकार नै असंवैधानिक रहेको र निर्वाचनको पनि कुनै औचित्य नरहेकाले निर्वाचन वहिष्कार गरिएको बताउनुभयो ।
त्यस्तै, समाजवाद र विस्तारवादद्वारा निर्देशित संसदीय निर्वाचनलाई पूर्ण रूपमा बहिष्कार गर्दै स्वाधीन संयुक्त सरकार निर्माणका लागि संघर्ष गर्नु नै अहिलेको एकमात्र वैकल्पिक मार्ग भएको धादिङका इन्चार्ज अमृत अधिकारीले बताउनुभयो ।
‘निर्वाचन भन्दा पनि देशको विकास र निकाश पहिलो आवश्यकता हो । निर्वाचन बहिष्कार मात्र होइन, सडकमा उत्रिएर निर्वाचनको बहिष्कारसँगै विरोध पनि गर्नेछौं’ उहाँले भन्नुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १०, आईतवार १२:३८बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक
खेलकुद२०८३ जेष्ठ ९, शनिबार ०७:०१हैदरावाद ५५ रनले विजयी « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ८, शुक्रबार २२:५९क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव
खेलकुद२०८३ जेष्ठ ८, शुक्रबार १७:३३अमेरिकाविरुद्धको खेलमा नेपालले सहज जित









