त्रिवेणी कप फुटवल प्रतियोगिता सुरु

लमजुङ- लमजुङमा जिल्लाकै सर्वाधिक पुरस्कार राशी रहेको त्रिवेणी कप फुटवल प्रतियोगिता शुरु भएको छ ।
गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री एवं सोही क्लवका पूर्व अध्यक्ष भेषहादुर पौडेलले प्रतियोगिताको औपचारिक शुभारम्भ गर्नुभएको हो ।
प्रतियोगिताको औपचारिक उद्घाटनसँगै पहिलो दिन सशस्त्र प्रहरीको विभागीय टिम र जिल्लास्थित सुन्दरवजार युवा क्लवबीच पहिलो खेल भएको छ । सो खेलमा सुन्दरवजारलाई शुन्यका विरुद्ध पाँच गोल गर्दै एपिएफ दोश्रो चरणमा प्रवेश गरेको छ ।
एपिएफ गत वर्षको उपाधि विजेता क्लव हो ।

प्रतियोगिताको ३३ औँ श्रृंखलामा १६ टिमले सहभागिता जनाएका छन् । आयोजकका अनुसार लमजुङसहित तनहुँ, काठमाण्डौँ, चितवन लगायतका अन्य जिल्लाका १६ टिम सहभागी छन ।
तीन दशकअघि खेतको गराबाट त्रिवेणी कप शुरु भएको थियो । टालाको बल खेलेर शुरु भएको प्रतियोगिताको प्रथम पुरस्कार कुखुराको भाले थियो ।
२५ औँ वर्षमा आईपुग्दा त्रिवेणी कप उपाधि तीन लाख रुपैयाँ नगद थियो भने अहिले पुरस्कारको राशी बढाएर १२ लाख पुर्याइएको छ ।
उपविजेताले ६ लाख रुपैयाँ नगद पुरस्कार पाउने छ ।
तमु ल्होसारको अवसरमा प्रत्येक वर्ष त्रिवेणी कप प्रतियोगिता हुने गर्दछ । त्रिवेणी कपलाई जिल्लामा हुने मेला महोत्सव जस्तै उत्कृष्ट पर्वको रुपमा लिने गरिएको छ ।

प्रतियोगितामा जिल्ला बाहिरका विभिन्न क्लवहरु मार्फत राष्ट्रिय खेलाडीहरुसमेत सहभागी छन ।
क्लवका अध्यक्ष टेकजङ गुरुङको अध्यक्षतामा भएको हिजोको उद्घाटन कार्यक्रममा बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, वडा अध्यक्ष पवित्रा थापा राना, क्लवका संस्थापक अध्यक्ष एवं नेपाली काँग्रेस लमजुङका सचिव कृष्णबहादुर अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र २८, शनिबार १६:१०जेनजी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय
खेलकुद२०८२ चैत्र २८, शनिबार १०:११म्याड्रिडको उपाधि यात्रामा धक्का
समाचार२०८२ चैत्र २८, शनिबार ०८:०१न्यायिक प्रणालीलाई व्यवस्थित बनाउँदै समुदायमै छिटो र सहज न्याय दिने काम गरिरहेका छौं : उपाध्यक्ष अर्याल
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २८, शनिबार ०७:२७चलचित्र ‘कुम्भ’ को पहिलो गीत सार्वजनिक







