हाम्रो जस्तो नेपालमा यति धेरै सञ्चार माध्यम आवश्यक होकी होइन समिक्षा गर्नुपर्ने बताए सञ्चार मन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले मुलुक निर्वाचनमा अगाडि बढिसकेको बताएका छन् । आम सञ्चारलाई ब्यवसायिक बनाउन विकसित अवधारणा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले प्रमुख दलहरु बिच निर्वाचनमा जाने सहमति भएको जानकारी दिए । ठूलाइलहरुले जनाएको प्रतिबद्धता र दलहरुको एकीकरले उत्साह जनाएको उनले बताए । उनले अव निर्वाचन पछि आउने सरकारले देशलाई संवृद्ध र सुशासन तर्फ अगाडी बढाउने अपेक्षा प्रकट गरे ।
हाम्रोजस्तो देशमा यति धेरै सञ्चार माध्यम जरूरी होकी होइन समिक्षा गर्नुपर्ने बताएका उनले उद्योग व्यवसाय नै नफस्टाएको वेला सञ्चार माध्यम स्वभाविक रुपमा संकटमा रहेको सुनाए ।
लोक लोककल्याणकारी विज्ञापनबाट श्रमजिवीले लाभ लिन नसकेको उनले उल्लेख गरे । अनलाइन, युट्युवसहित डिजिटल प्लेटफम नै अवको मुल स्ट्रिम मिडिया बनेको उनले धारणा राखे । उनले परम्परागत सञ्चार माध्यम नै अव डिजिटल रुपान्तरणमा जानुपर्ने बताएका छन् ।
कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरे, कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेल र पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल लगायतले बोलेका थिए ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र १०, मंगलवार १९:१२ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य, मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने
समाचार२०८२ चैत्र १०, मंगलवार १०:५६सिक्लेसमा संरक्षण र समृद्धिको नयाँ मोडेलमा ACAP
समाचार२०८२ फाल्गुन ५, मंगलवार १८:५९ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट
समाचार२०८२ माघ १८, शनिबार ०७:४०मुस्ताङको दिगो पर्यटन र वातावरण संरक्षणमा ‘एक्याप’: पूर्वाधार निर्माणदेखि वन्यजन्तुमैत्री खेतीसम्मका योजना








