हाम्रो जस्तो नेपालमा यति धेरै सञ्चार माध्यम आवश्यक होकी होइन समिक्षा गर्नुपर्ने बताए सञ्चार मन्त्री खरेल

हाम्रो जस्तो नेपालमा यति धेरै सञ्चार माध्यम आवश्यक होकी होइन  समिक्षा गर्नुपर्ने बताए   सञ्चार मन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले मुलुक निर्वाचनमा अगाडि बढिसकेको बताएका छन् । आम सञ्चारलाई ब्यवसायिक बनाउन विकसित अवधारणा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रमुख दलहरु बिच निर्वाचनमा जाने सहमति भएको जानकारी दिए । ठूलाइलहरुले जनाएको प्रतिबद्धता र दलहरुको एकीकरले उत्साह जनाएको उनले बताए । उनले अव निर्वाचन पछि आउने सरकारले देशलाई संवृद्ध र सुशासन तर्फ अगाडी बढाउने अपेक्षा प्रकट गरे ।

हाम्रोजस्तो देशमा यति धेरै सञ्चार माध्यम जरूरी होकी होइन समिक्षा गर्नुपर्ने बताएका उनले उद्योग व्यवसाय नै नफस्टाएको वेला सञ्चार माध्यम स्वभाविक रुपमा संकटमा रहेको सुनाए ।

लोक लोककल्याणकारी विज्ञापनबाट श्रमजिवीले लाभ लिन नसकेको उनले उल्लेख गरे । अनलाइन, युट्युवसहित डिजिटल प्लेटफम नै अवको मुल स्ट्रिम मिडिया बनेको उनले धारणा राखे । उनले परम्परागत सञ्चार माध्यम नै अव डिजिटल रुपान्तरणमा जानुपर्ने बताएका छन् ।

कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरे, कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेल र पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल लगायतले बोलेका थिए ।

लेखकको बारेमा

बिष्णु प्रसाद बरालपोखरामा रहेर पत्रकारितामा सक्रिय बराल असल खबर डटकमका सम्वाददाता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 10   +   6   =  

Protected by Spam Master