सुनसरीको लौकहीमा गोली लागेर एक जनाको मृत्यु

इनरुवा – कोसी गाउँपालिका–१ लौकहीमा गोली लागेर एक जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका अनुसार तस्करी नियन्त्रणका क्रममा भएको झडपमा गोली चलाउनु परेको हो । प्रहरीका अनुसार तस्करी रोक्ने प्रयास भइरहँदा स्थिति तनावग्रस्त बनेपछि जवाफी फायर गर्नुपरेको र सोही क्रममा साहको घटनास्थलमै मृत्यु भएको हो ।
सशस्त्र प्रहरी बलले घटनालाई क्रस फायरिङको अवस्था भन्दै आत्मरक्षाका लागि गोली चलाएको दाबी गरेको छ । घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको छ। तर, घटनाप्रति स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।
घटनास्थल तनावग्रस्त बनेपछि प्रशासनले वार्तामार्फत स्थिति साम्य पार्ने प्रयास गरिरहेको छ । यता, प्रहरीले घटनाबारे आन्तरिक छानबिन सुरु गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार ३०, मंगलवार २१:५१विद्यार्थीहरुलाई क्रिष्टा प्रणाली संचालन तथा प्रयोगसम्बन्धि तालिम संचालन
कला, विचार/मनोरञ्जन२०८३ असार ३०, मंगलवार १७:४३संसदमा उठ्यो अभिनेत्री काजल कर्ण प्रकरण, निष्पक्ष छानबिनको माग
कला, विचार/मनोरञ्जन२०८३ असार ३०, मंगलवार १३:२५निर्माता तथा गीतकार राकेश शाह
सूचना-प्रविधि२०८३ असार ३०, मंगलवार १२:२७एआई उत्पादनको विश्वव्यापी माग बढ्दा चीनको निर्यात २७ प्रतिशतले वृद्धि








