लक्ष्मी मावि मा दुई करोेडको लागतमा पुस्तकालय भवन निर्माण हुने

लक्ष्मी मावि मा दुई करोेडको लागतमा पुस्तकालय भवन निर्माण हुने

लेखनाथ/।
पोखरा महानगरपालिका वडा नं. २६ को लक्ष्मी माध्यामिक विद्यालयमा झण्डै दुई करोड रुपैयाको लागतमा पुस्तकालय भवन निर्माण हुने भएको छ ।

लायन्स क्लव इन्टरनेशनलको अनुदान, विद्यालय र स्थानीय सहयोगमा पुस्तकालय भवनको निर्माण हुन लागेको हो ।

भवनको सोमबार शिलन्यास गर्दै, पोखरा महानगरपालिका वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले, पुस्तकालयको निर्माणपछि विद्यार्थी, शिक्षक र समुदायको शैक्षिक गुणस्तर सुधारका लागि कोशेढुंगा सावित हुने उल्लेख गरे ।

वडा अध्यक्ष थापाले पूर्व विद्यार्थीहरुको सहयोगले सामुदायीक विद्यालयको सुधारमा महत्वपूर्ण भूमिका खेल्ने बबताए । उनले पूर्व विद्यार्थीहरु जो जहाँ भएपनि आफु पढेको विद्यालयले आफुलाई दिएको शिक्षाको स्मरण गरेमात्र ठुलो सहयोग मिल्ने उल्लेख गरे ।

पुस्तकालय निर्माणपछि त्यसमा आवश्यक पाठ्य तथा सूचना प्रविधिका सामाग्रीका लागि सहयोग गर्न पूर्व विद्यार्थीहरुलाई आब्हान गरे ।

कार्यक्रममा लायन्स क्लव अफ इन्टरनेशनल ३२५ आईका निर्वतमान गर्भर विनोद ढुंगानाले आफुले अध्ययन गरेको विद्यालयमा लायन्स क्लव मार्फत जोडिन पाउँदा खुसी लागेको बताए । उनले आफु डिस्ट्रीक गर्भनर हुँदा परिकल्पना गरेको कार्यक्रम लायन्सको अन्तराष्ट्रिय फण्ड मार्फत संभव भएको स्पष्ट पारे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेम बहादुर गुरुडको अध्यक्षतामा भएको भवन सिलन्यास कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जगन्नाथ अधिकारी र निर्माण व्यवसायी भक्त बहादुर बानियाले निर्धारित समयमा काम सकिनेमा विश्वस्त रहन आग्रह गरे ।

लायन्स क्लव इन्टनरनेशनल ३२५आई मार्फत प्राप्त परियोजनाको लागत एक करोड ९७ लाख रुपैया रहेको छ । भवन निर्माणका लागि लायन्स फाउण्डेसनबाट एकलाख अमेरिकी डलर अनुदान प्राप्त भएको छ भने बाँकी रकम विद्यालय र स्थानीय सहयोगदाताले जुटाउने विद्यालयका प्रधानाध्यापक अधिकारीले जानकारी दिए ।

भवन टिम वान कन्स्ट्रक्सन कम्पनीले आठ महिनामा सम्पन्न गरी विद्यालयलाई हस्तान्तरण गर्नेछ । भवन निर्माणका लागि लायन्स क्लव अफ पोखरा अर्घौले समन्वय गरेको निर्वतमान गर्भनर ढुंगानाले जानकारी दिए ।

यो पनि पढ्नुहोस् :  उच्च अदालत पोखरामा ७५ प्रतिशत मुद्दा फर्छयाैट, न्याय सम्पादनलाई थप प्रभावकारी बनाइने

भवन सिलन्यास कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल ३२५ आई का लिडर, विद्यालयका शिक्षक, कर्मचारी, स्थानीय समाजसेवी, शिक्षाप्रेमी, जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो  ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20466, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   5   =