निःशुल्क आँखा शिविरः ३५० बढीको शल्यक्रिया हुने

बरहथवा (सर्लाही), २२ पुस । बागमती नगरपालिकामा सञ्चालन भएको तीनदिने निःशुल्क आँखा शिबिरमा ३५० भन्दा बढी व्यक्तिको मोतिया बिन्दुको शल्यक्रिया हुने भएको छ ।
बागमती नगरपालिका, स्थानीय तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र र तिलगङ्गा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा सञ्चालन भएको सो शिविरमा पहिलो दिने ७९ जनाको शल्यक्रिया भएको छ ।
तिलगङ्गा आँखा प्रतिष्ठानको प्राविधिक सहयोग तथा बागमती नगरपालिकाले खान, बस्न प्रबन्ध गरेको नगर स्वास्थ्य शाखा सहसंयोजक आनन्दमोहन झाले जानकारी दिए ।
तिलगङ्गा आँखा प्रतिष्ठानको चिकित्सक एवम् शिविरका टोली नेता डा रचना सिंहका अनुसार सर्लाहीमा सर्जिकल आँखा केन्द्र विस्तार भएपछि विभिन्न पालिाकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिँदै आएको छ । उपचारका क्रममा शिविरमा आएका बागमती नगरपालिका–७, निवासी ७७ वर्षीय वीरबहादुर खड्काले गाउँ घरमै निःशुल्क शिविर सञ्चालन हुँदा गरिब, गुरुवाले संसार देख्न पाएको बताए ।
आयोजक संस्थाले शिविरमा आउने बिमारीलाई निःशुल्क खाना, औषधि लगायतको सामग्रीसमेत उपलब्ध गराएको जनाएको छ । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १०, आईतवार १६:०६आमा छोरीको सम्बन्ध र रहस्यको कथा बोकेको ‘मास्टर्नी’को टिजर सार्वजनिक
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण १०, आईतवार १०:४०राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा
समाचार२०८३ श्रावण ९, शनिबार १९:०४प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ९, शनिबार १२:५५डा. गोविन्द केसीलाई लगियो प्रादेशिक अस्पताल









