काँग्रेसलाई विधि अनुसार चलाउँ भन्दा कारवाही ! महामन्त्री शर्मा

काठमाडौँ- काँग्रेस महामन्त्री विश्व प्रकाश शर्माले काँग्रेसलाई विधिअनुसार चलाउ भन्दा कारवाही भोग्नुपर्ने अवस्थामा सुधार गर्न आफुहरुले जोखिम लिएको बताउनु भएको छ ।
नेपाली कांग्रेसको संस्थापनबाट निष्कासनमा परेका महामन्त्री विश्वप्रकाश शर्माले सो पद आफैले विहान नै त्यागेको बताउनु भयो ।
”बिहानै मैले महामन्त्री छोडेर महामन्त्रीका लागि पार्टीका दुई युवा नेता प्रदीप पौडेल र गुरुराज घिमिरेले मनोनयन दर्ता गर्नुभएको छ । विहान देखि नै महामन्त्री पद त्यागेको छु । शर्माले भन्नु भयो । महामन्त्री पद त्यागेकालाई निष्कासनको के अर्थ शर्माको भनाइ थियो ।
शर्माले जिन्दगीमै पहिलो पटक कारबाही भन्ने शब्दसँग जोडिएको उल्लेख गर्दै बदलिएको समय अनुसार कांग्रेस चलाउँ भन्दा कारबाही गरिएको दोहोराउनु भयो । शर्माले अबको एक साता सानेपामा सभापति गगन थापको नेतृत्वमा सानेपामा बस्ने पार्टीको अन्तरिम कार्यसमितिले त्यही कार्वाहीको निर्णयको पछाडी पट्टीको पेजमा निर्णय बदरको निर्णय समेत गर्ने बताउनु भयो । अबको एक साता पछि विशेष महाधिवेशनबाट आउने अन्तरिम कार्यसमितिको बैठक सानेपामा बस्ने पनि महामन्त्री शर्माको भनाई थियो ।
विशेष महाधिवेशनमा बोल्दै शर्माले आफुहरुले नेपाल र नेपालीलाई बुझ्ने काँग्रेस बनाउने र देशलाइ नविन बनाउने बताउनु भयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १२, मंगलवार १०:४१चलचित्र ‘कुम्भ’ को एक्सन प्याक ट्रेलर सार्वजनिक
खेलकुद२०८३ जेष्ठ ११, सोमबार २३:१०पलेशाले दिलाइन् नेपाललाई कास्य
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ११, सोमबार २०:४९‘काजी’को असारे गीत ‘ज्यानको तिर्खा’ मा गरिमा र संदीप
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ११, सोमबार २०:०७कान्समा ऐतिहासिक सफलता हासिल गरी स्वदेश फर्कियो ‘एलिफेन्ट्स इन द फग’ टोली, विमानस्थलमा भव्य स्वागत









