गगन–विश्व पाँच वर्ष निष्कासित, कांग्रेसमा संकट गहिरिँदै

काठमाडौं । नेपाली कांग्रेसमा आन्तरिक विवाद चुलिँदा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मामाथि पाँच वर्षे कारबाही भएको छ।
पार्टी संस्थापन समूहको नेतृत्वमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले विशेष महाधिवेशन आह्वान गरेको आरोपमा उनीहरूलाई निष्कासन गर्ने निर्णय गरेको हो।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले सहमहामन्त्री फरमुल्ला मन्सुरसहित विशेष महाधिवेशनको पक्षमा सक्रिय नेताहरूमाथि पनि कारबाही गर्ने निर्णय गरेको छ। बैठकले असन्तुष्ट नेताहरूलाई आ–आफ्नो जिम्मेवारीमा फर्कन आग्रहसमेत गरेको छ।
महामन्त्रीद्वय थापा र शर्माले पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशन बेवास्ता गरिएको भन्दै त्यसको आह्वान गरेका थिए। तर, उनीहरू सहभागी रहेको केन्द्रीय समितिको बैठकले नियमित महाधिवेशन पुसमा सम्भव नभएपछि वैशाखमा गर्ने सहमति गरिसकेको थियो।
समाधानका लागि सभापति शेरबहादुर देउवासँग आज बिहान भएको छलफल पनि निष्कर्षविहीन भएपछि विवाद थप चर्किएको हो। यसैबीच, विशेष पक्षले निर्वाचन प्रक्रिया अघि बढाउँदै सभापति पदमा गगन थापाको नाम दर्ता गराएको निर्वाचन समितिले जनाएको छ।
कांग्रेसभित्रको यो टकरावले पार्टी विभाजनको जोखिम बढ्दै गएको संकेत गरेको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20533, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ३०, मंगलवार १४:३८हिमालयपारिको अविस्मरणीय यात्रा : चीनमा सिकेका सात दिन
समाचार२०८३ भाद्र ३०, मंगलवार ०७:३४फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीद्वारा रसुवा बाढीपीडितलाई राहत
समाचार२०८३ भाद्र २८, आईतवार १७:२७छेङ्दुमा १२ नेपाली युवा: सुपरकम्प्युटिङ र रोबोटिक्सदेखि प्राचीन सभ्यतासम्मको यात्रा
समाचार२०८३ भाद्र २८, आईतवार ०४:००रेवान पोखराको अध्यक्षमा वसन्त गौतम सर्वसम्मत







