दिगो भविष्यका लागि विद्यार्थी गुणीय चक्रको राष्ट्रिय जमघट

पोखरा । विद्यार्थीको नेतृत्व विकास, नैतिक मूल्य र सामाजिक उत्तरदायित्व प्रवर्द्धन गर्ने उद्देश्यसहित १९ औँ राष्ट्रिय विद्यार्थी गुणीय चक्र सम्मेलन बुधबारदेखि पोखरामा सुरु भएको छ।
क्वेष्ट नेपाल र सेन्ट मेरीज सेकेन्डरी स्कुल पोखराको संयुक्त आयोजनामा सुरु भएको सम्मेलनको उद्घाटन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले गरिन्।
उनले विद्यार्थी गुणीय चक्र पाठ्यपुस्तकभन्दा बाहिरको जीवनोपयोगी शिक्षा भएको बताउँदै सोच, चरित्र र नेतृत्व विकासमा यसको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरिन्।
क्वेष्ट नेपालका प्रमुख संरक्षक प्रो. दिनेश प्रसाद चापागाईंले विद्यार्थी गुणीय चक्रले विद्यार्थीको व्यक्तित्व विकासमा सहयोग पुर्याइरहेको बताए।
तीन दिनसम्म चल्ने सम्मेलनमा केस स्टडी प्रस्तुति, कार्यशाला, प्रतिस्पर्धात्मक कार्यक्रम तथा अवलोकन भ्रमण सञ्चालन हुने आयोजकले जनाएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20545, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ३०, मंगलवार १४:३८हिमालयपारिको अविस्मरणीय यात्रा : चीनमा सिकेका सात दिन
समाचार२०८३ भाद्र ३०, मंगलवार ०७:३४फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीद्वारा रसुवा बाढीपीडितलाई राहत
समाचार२०८३ भाद्र २८, आईतवार १७:२७छेङ्दुमा १२ नेपाली युवा: सुपरकम्प्युटिङ र रोबोटिक्सदेखि प्राचीन सभ्यतासम्मको यात्रा
समाचार२०८३ भाद्र २८, आईतवार ०४:००रेवान पोखराको अध्यक्षमा वसन्त गौतम सर्वसम्मत







