दोस्रो त्रिभुवन स्मृति कप ५-ए-साइड फुटबल प्रतियोगिता फागुन ७ देखि

पोखरा । दोस्रो त्रिभुवन स्मृति कप ५-ए-साइड फुटबल प्रतियोगिता फागुन ७ गतेदेखि ९ गतेसम्म हुने भएको छ।
परिवर्तन युवा क्लब, पोखरा–२२ कास्कीको आयोजनामा हुने फुटबल प्रतियाेगिताकाे टाइटल स्पाेन्सर एसियन कंक्रिटाे रहेकाे छ ।
खेलकुदमार्फत युवाहरूको शारीरिक, मानसिक तथा बौद्धिक विकास गर्दै सामाजिक एकता र सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएको छ। प्रतियोगिता पोखरा महानगरपालिका–२२ स्थित सिम्लेपाखा खेलमैदानमा सञ्चालन हुनेछ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूले फागुन ६ गते बेलुका ५ बजेसम्म दर्ता गर्न सक्नेछन्। टिम दर्ता शुल्क ६ हजार रुपैयाँ तोकिएको छ। प्रतियोगितामा अधिकतम ८ खेलाडी, १ प्रशिक्षक र १ व्यवस्थापक गरी १० जनाको टिम रहने व्यवस्था गरिएको छ।
प्रतियोगिताको विजेता टिमले नगद ८०,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ४०,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई विधागत पुरस्कार प्रदान गरिनेछ।
अखिल नेपाल फुटबल संघ (ANFA) को नियमअनुसार सञ्चालन हुने प्रतियोगितामा राष्ट्रिय खेलाडी तथा A र B डिभिजन खेलेका खेलाडीलाई सहभागिता निषेध गरिएको छ।
यस वर्ष प्रतियोगितासँगै सामाजिक उत्तरदायित्व अन्तर्गत फागुन ७ गते निःशुल्क स्वास्थ्य शिविर समेत आयोजना गरिनेछ। परिवर्तन युवा क्लब र पोखरा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को सहकार्यमा आयोजना हुने शिविरमा रक्तचाप, मधुमेह परीक्षण, हृदय परीक्षण तथा सामान्य स्वास्थ्य जाँच गरिनेछ। साथै वृद्ध, अशक्त र अपाङ्ग व्यक्तिहरूलाई उपचार सेवामा विशेष छुटको व्यवस्था गरिएको छ।
त्यसैगरी, समाजमा सकारात्मक योगदान पुर्याउने युवाहरूलाई सम्मान गर्ने उद्देश्यले “Tribhuban Youth Award” प्रदान गर्ने तयारी पनि गरिएको क्लबले जनाएको छ।
परिवर्तन युवा क्लबले प्रतियोगितालाई सफल बनाउन सम्पूर्ण खेलप्रेमी, मिडिया, शुभेच्छुक तथा सरोकारवाला निकायलाई उपस्थित भई सहयोग गर्न आग्रह गरेको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20671, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ कार्तिक २३, आईतवार ०७:४३बिहान कुकुरको पूजा, साँझ लक्ष्मीको आराधना; आज एकै दिन दुई पर्व
समाचार२०८३ कार्तिक २२, शनिबार १८:२९कास्की जिल्ला युवा चेम्बर गठन, अध्यक्षमा डीएन लामिछाने
समाचार२०८३ कार्तिक २२, शनिबार ०६:२८International-Level Security and Self-Defence Training Begins in Pokhara
समाचार२०८३ कार्तिक २१, शुक्रबार २३:१४पोखरामा अन्तर्राष्ट्रिय स्तरकाे सुरक्षा तथा आत्मरक्षा तालिम सुरु





