२५औं आहा रारा पोखरा गोल्ड कप आगामी २७ गतेदेखि, विजेताले १४ लाख रुपैयाँ पाउने

पोखरा ।
२५औं संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता आगामी माघ २७ गतेदेखि सुरु हुने भएकाे छ ।
सहारा क्लब पोखराको आयोजनामा हुने प्रतियोगिता फागुन ९ गतेसम्म सञ्चालन हुने आज आयाेजित पत्रकार सम्मेलनमा जानकारी गराईएकाे छ । प्रतियोगिता पोखरा रंगशालामा आयोजना गरिनेछ।
“खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रूपमा स्थापित गरौं” भन्ने मूल नारासहित प्रतियोगिता आयोजना हुँदैछ।
२५औं संस्करणलाई विशेष बनाउने उद्देश्यले अस्थायी फ्लडलाइट जडान गरिनेछ। खेलहरू सन्ध्याकालिन समयमा सञ्चालन हुनेछन्। यसले प्रतियोगितामा थप रौनक ल्याउने अपेक्षा गरिएको छ। साथै पोखरा पर्यटन वर्ष २०२५/२६ को प्रवर्द्धनमा सहयोग पुग्ने आयाेजककाे विश्वास छ ।
यस संस्करणमा पुरस्कार राशि वृद्धि गरिएको छ।
विजेताले रु. १४ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
उपविजेताले रु. ७ लाख १ हजार रुपैयाँ पाउनेछन्।
प्रतियोगितामा नेपालका चर्चित क्लबहरूको सहभागिता रहनेछ। भारत, हङकङ र उज्वेकिस्तानका टिमहरू पनि सहभागी हुनेछन्।
नेपालतर्फ सहभागी टिमहरूमा नेपाल पुलिस क्लब, चर्च ब्वाइज युनाइटेड, मनाङ मर्स्याङ्दी क्लब, नेपाल एपीएफ क्लब, मछिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब, प्लानिङ ब्वाइज युनाइटेड र सहारा क्लब पोखरा रहेका छन्। अन्तर्राष्ट्रिय टिमतर्फ भारतबाट एक टिम सहभागी हुनेछ।
सिक्किम (भारत) बाट थन्डरबोल्ट नर्थ युनाइटेड आउनेछ। हङकङको गोर्खा इन्टरनेशनल फुटबल क्लब सहभागी हुनेछ। उज्वेकिस्तानको आभा फुटबल क्लब पनि प्रतियोगितामा रहनेछ।
हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा तथा रारा तयारी चाउचाउ मुख्य प्रायोजक रहेको छ। प्रतियोगिता पोखरा महानगरपालिकाको संरक्षणमा आयोजना हुँदैछ।
प्रतियाेगितामा राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ, प्रदेश खेलकुद परिषद गण्डकी र एन्फा कास्कीको सहयोग रहनेछ।
आयोजकका अनुसार २५औं आहा रारा पोखरा गोल्ड कपले पोखरालाई खेलकुद पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20776, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २२, सोमबार ०८:१२फोटो पत्रकार अक्षयकोषमा वरिष्ठ फोटो पत्रकार सुदुर्शन रञ्जितद्वार ६३ हजार प्रदान
समाचार२०८३ असार २१, आईतवार २०:४६टान गण्डकीद्वारा पर्यटनमन्त्री पौडेलको ध्यानाकर्षण, नयाँ पदमार्ग र टिम्स अनिवार्य कार्यान्वयनको माग
समाचार२०८३ असार २१, आईतवार १२:२९गण्डकी मिडिया समिटमा ‘पत्रकारितामा एआई’ बारे संवाद
समाचार२०८३ असार २१, आईतवार १२:२३मिडियाको अर्थतन्त्र’ बारे पोखरामा छलफल








