पूर्वी नेपालमा ‘कुमारी’मय माहौल: केहरको गीत र अबिषेक र आकृतिको नृत्यमा झुम्यो पूर्व, गृह नगरमा भावुक बने अबिषेक

काठमाडौं । आगामी माघ २३ गतेदेखि प्रदर्शनको तयारीमा रहेको वर्षकै प्रतीक्षित प्रेम कथानक फिल्म ‘कुमारी’ ले आफ्नो प्रवर्द्धन अभियानलाई आक्रामक र भव्य बनाएको छ। काठमाडौंको भृकुटीमण्डपमा १० हजार दर्शकमाझ ऐतिहासिक रूपमा ट्रेलर सार्वजनिक गरेलगत्तै फिल्मको टोली पूर्वी नेपालको प्रचार यात्रामा निस्किएको हो।
फिल्मको प्रचार–प्रसारका लागि मोरङको मधुमल्ला बजारमा आयोजित ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ भव्य रूपमा सम्पन्न भएको छ। भगवती माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित उक्त सांगीतिक कार्यक्रममा करिब २ हजार दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो।
कार्यक्रममा फिल्मका प्रमुख कलाकार अविषेक खड्का र आकृति राजभण्डारी ले सुपरहिट गीत ‘डोको बुन्ने’ मा लाइभ नृत्य प्रस्तुत गर्दा दर्शकहरू पनि उनीहरूसँगै झुमेका थिए। सो अवसरमा फिल्मका पार्श्वगायक केहर सिंह लिम्बु ले ‘डोको बुन्ने’, ‘तिमी बिना’, ‘कता छौ’ लगायत आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दै दर्शकलाई मन्त्रमुग्ध पारे। चिसो मौसमका बाबजुद दर्शकहरू राति ११ बजेसम्म कार्यक्रमस्थलमै बसेर कलाकारहरूलाई साथ दिएका थिए।
यसैबीच कलाकार अविषेक खड्का शनिबार दिउँसो झापाको बिर्तामोडस्थित आफ्नो गृह नगर पुगेका छन्। अभिनेत्री आकृतिसहित घर पुगेका अविषेकलाई आफन्त तथा छिमेकीहरूले भव्य स्वागत गरेका थिए। लामो समयपछि घर पुगेका उनले बुबालाई भेट्दा माहोल निकै भावुक बनेको थियो। डेब्यु फिल्मबाटै अपार चर्चा बटुलिरहेका अविषेक र आकृति दुवै यस क्रममा भावुक देखिएका थिए।
यसअघि काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा १० हजारभन्दा बढी दर्शकको उपस्थितिमा फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो। निर्देशक दिनेश राउत ले ट्रेलरले पाएको सकारात्मक प्रतिक्रियाले आफू उत्साहित भएको बताए। उनले भने, “दर्शकको प्रतिक्रियाले हामीलाई सिनेमा हलसम्म पनि यस्तै साथ मिल्ने विश्वास दिलाएको छ।”
विनिश इन्टरटेन्मेन्ट को ब्यानरमा महेन्द्र अधिकारी ले निर्माण गरेको फिल्म ‘कुमारी’मा प्रेम, संघर्ष र पारिवारिक अन्तर्द्वन्द्वलाई प्रभावशाली रूपमा चित्रण गरिएको छ। अविषेक खड्का र आकृति राजभण्डारीको मुख्य भूमिका रहेको फिल्मका गीतहरू ‘डोको बुन्ने’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ यसअघि नै हिट भइसकेका छन्। ‘डोको बुन्ने’ गीतले युट्युबमा ८५ लाखभन्दा बढी भ्युज पाइसकेको छ।
फिल्ममा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की लगायतका कलाकारको अभिनय रहेको छ। विकास सुवेदी को लेखन, सुसन प्रजापति को छायांकन र सुप्रिम पराजुली को सम्पादन रहेको फिल्म ‘कुमारी’को पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन ले गरेका हुन्। फिल्मका कार्यकारी निर्माता केदार भुसाल हुन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २०, मंगलवार १०:०९मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम
समाचार२०८३ आश्विन २०, मंगलवार ०८:०१‘हामी उपभोक्ता पनि हौँ, व्यवसायी पनि’: रमेश अधिकारी
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १९, सोमबार २१:४२चलचित्र ‘हिमालयन गोल्ड’ नेपाल र भारतभर प्रदर्शन हुने
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १९, सोमबार २१:३१‘कबड्डी ५’ पहिलो को गीत ‘थाक खोला’ सार्वजनिक » Celebrity Nepal









