चलचित्र विकास बोर्डद्वारा एकहप्ते घोडचढी तालिम सञ्चालन

काठमाडौँ। चलचित्र विकास बोर्डले ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष–२०८२ को अवसरमा नेपाली चलचित्र क्षेत्रका कलाकारहरूको सीप विकास गर्ने उद्देश्यसहित एकहप्ते घोडचढी तालिम सुरु भएको हो।
ऐतिहासिक, पौराणिक, एक्शन तथा साहसिक चलचित्र निर्माणमा घोडचढीलाई अत्यावश्यक सीपका रूपमा लिइँदै आएको वर्तमान सन्दर्भमा, कलाकार तथा स्टन्ट आर्टिस्टलाई सुरक्षित, अनुशासित तथा व्यावसायिक बनाउने लक्ष्यसहित चलचित्र विकास बोर्डको आयोजनामा यो तालिम सञ्चालन गरिएको हो।
तालिम कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका चर्चित तथा अनुभवी कलाकारहरू विजय बराल, नाजिर हुसेन, कविता नेपाली, विशाल पहाडी, एवन उप्रेती, दिनेश खड्का, सरिता भारती, अरुण बहादुर स्याङ्तान (लामा), श्रीदेव भट्टराई, गोपाल ढकाल (छन्दे) लगायत पर्दा अगाडिका विभिन्न चलचित्रकर्मीहरूको सक्रिय सहभागिता रहेको छ।
घोडचढी तालिम निकोसेरा, भक्तपुरस्थित रहेको ह्वाइट हाउस एग्रो भिल्लामा प्रशिक्षक श्री सुरेश ठकुरी तथा उहाँको समूहद्धारा प्रदान गरिँदै आएको छ। तालिम अवधिभर सहभागीहरूलाई घोडासँगको तालमेल, व्यावहारिक अभ्यास, सुरक्षा मापदण्ड सहित आवश्यक आधारभूत सीपसम्बन्धी प्रशिक्षण प्रदान गरिँदै आएको छ।
बोर्डले यस्ता किसिमका सीपमूलक तालिम कार्यक्रममार्फत नेपाली चलचित्र उद्योगको उत्पादन गुणस्तर अभिवृद्धि हुनुका साथै कलाकार तथा प्राविधिकहरूको सुरक्षा, व्यावसायिकता र आत्मनिर्भरता वृद्धि हुने विश्वास व्यक्त गरेको छ। साथै चलचित्र विकास बोर्डले अर्को हप्ता पर्दा अगाडिका कलाकारहरूलाई पौडी तालिम पनि सञ्चालनमा ल्याउदै छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ कार्तिक २२, शनिबार १७:०४‘सिन्दुरे जात्रा’को गीतमा अञ्जना र विजयको नृत्य » Celebrity Nepal
खेलकुद२०८३ कार्तिक २२, शनिबार १६:४५लुम्बिनी लायन्सले टस जितेर काठमान्डु गुर्खाजलाई ब्याटिङको निम्तो
स्वास्थ्य/जानकारी टिप्स२०८३ कार्तिक २२, शनिबार १४:२४कोप-३१ मा जलवायु परिवर्तन र स्वास्थ्यसम्बन्धी उच्चस्तरीय छलफलको अध्यक्षता गर्दै मन्त्री मेहता
कला, विचार/मनोरञ्जन२०८३ कार्तिक २२, शनिबार ०९:४९काग सम्मेलनको २३औँ संस्करण सम्पन्न, रमेश दुलालले भेला पारे सयौँ काग









