निर्वाचन रिपोर्टिङ सम्बन्धी तालिम सम्पन्न

पोखरा।
निर्वाचन रिपोर्टिङ सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ कास्कीको आयोजना र प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा बुधबारदेखि सुरु भएको तालिम सम्पन्न भएको हो ।
तालिमको समापन गर्दै गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारीले लोकतन्त्रको उत्सब भएको बताउदै पत्रकारले निर्वाचनका बेला सवेदनशिल भएर निष्पक्ष समाचार जनतामाझ पस्कन पर्ने बताए ।
उनले निर्वाचन स्वच्छ, शान्त र निष्पक्ष बनाउन आम सञ्चारको भूमिका लाई ध्यानमा राखेर तालिम आयोजना गरेकोमा महासंघ कास्कीलाई धन्यवाद दिए ।
तालिममा सहभागीहरु मध्यबाट आफ्नो अनुभव सुनाउदै पत्रकार शिशिर पौडेल, खिमा गुरुङ र तिलक पुनले तालिमले निर्वाचन प्रक्रिया सहित रिपोर्टिङका बारे जानकारी प्राप्त भएको र सिकेका कुरालाई ध्यानमा राखेर कार्यक्षेत्रमा खटिने बताए ।
तालिममा गण्डकी प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी नारायण ढकाल, प्रेस काउन्सिलका सदस्य केशवशरण लामिछाने, समाधान दैनिकाका प्रधान संम्पादक पत्रकार भरत कोइराला, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक गणेश पाण्डे, कास्की निर्वाचन क्षेत्र नं.२ का साहयक निर्वाचन अधिकृत दिपक गिरीले प्रस्तुतिकरण राखे ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले निर्वाचनलाई भयरहित र धाँधली रहित बनाउन पत्रकारिताको भूमिका रहने भएकाले निर्वाचन सम्बन्धी रिपोर्टिङ तालिम आयोजना गरिएको बताउदै तालिम प्राप्त ज्ञानलाई सहभागीले आफ्नो कार्यक्षेत्रमा प्रयोग गर्ने बताए । उनले पत्रकारिता जहिले पनि देश र जनाताको पक्षमा हुनुपर्ने बताए । ।
विभिन्न संचारमाध्यममा आवद्घ ७५ जना पत्रकार सहभागी भएको तालिममा निर्वाचन सम्बन्धी कानुन, निर्वाचन प्रक्रिया, पत्रकार आचारसंहिता र निर्वाचन सुरक्षा संवेदनशिलता लगाय विषय समेटिएको सहसचिव तथा प्रचार विभाग प्रमुख मधु अधिकारीले जानकारी दिए ।
महासंघ कास्कीका अध्यक्ष माधब बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव भुपाल गुरुङले गरेेका थिए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20870, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ३०, मंगलवार १४:३८हिमालयपारिको अविस्मरणीय यात्रा : चीनमा सिकेका सात दिन
समाचार२०८३ भाद्र ३०, मंगलवार ०७:३४फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीद्वारा रसुवा बाढीपीडितलाई राहत
समाचार२०८३ भाद्र २८, आईतवार १७:२७छेङ्दुमा १२ नेपाली युवा: सुपरकम्प्युटिङ र रोबोटिक्सदेखि प्राचीन सभ्यतासम्मको यात्रा
समाचार२०८३ भाद्र २८, आईतवार ०४:००रेवान पोखराको अध्यक्षमा वसन्त गौतम सर्वसम्मत







