२५औं आहा ! रारा पोखरा गोल्डकप:सहारा फाइनलमा, मनाङ सडेन डेथमा पराजित

पोखरा । २५औं आहा ! रारा पोखरा गोल्डकप–२०८२ को पहिलो सेमिफाइनलमा आयोजक सहारा क्लवले मनाङ मस्र्याङदी क्लवलाई सडेन डेथमा ७–६ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।
पोखरा रंगशालामा बुधबार भएको खेल ९० मिनेट र थपिएको ३० मिनेटसम्म गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा दुवै टोलीले ५–५ गोल गरेपछि खेल सडेन डेथमा पुगेको हो।
निर्णायक क्षणमा मनाङका सविन खड्काले प्रहार गरेको पेनाल्टी सहाराका गोलरक्षक टिकेन्द्र थापाले उत्कृष्ट बचाउ गरेपछि सहाराका कप्तान शुसिल लामाले गोल गर्दै टोलीलाई फाइनलमा पुर्याए। खेलमा सहाराका तै डिनियल बदारु म्यान अफ दि म्याच घोषित हुँदै नगद १० हजारसहित ट्रफी प्राप्त गरे।
६ पटक उपाधि जितेको मनाङले अवसर सदुपयोग गर्न नसक्दा हार व्यहोर्नुपरेको प्रतिक्रिया दिएको छ। उता सहाराले १२ वर्षपछि उपाधि जित्ने लक्ष्यसहित तयारी गरिरहेको जनाएको छ।
यसैबीच, दोस्रो सेमिफाइनलमा जावलाखेल युथ क्लव र उज्वेकिस्तानको आबा फुटबल क्लवबीच बिहीबार दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ।
हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले रु १४ लाख १ हजार र उपविजेताले रु ७ लाख १ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। माघ २७ गतेदेखि सुरु प्रतियोगितामा ३ विदेशी सहित १२ टोली सहभागी छन्।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20919, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २९, सोमबार २१:५५कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट पत्रकार हितानमगर र गुरुङ सम्मानित
समाचार२०८३ असार २९, सोमबार २१:४४विश्वभरका नेपालीलाई भाषा र साहित्यमार्फत् जोड्ने सेतु भानुभक्तः प्रदेश प्रमुख भट्ट
समाचार२०८३ असार २९, सोमबार १९:५०काउन्सिल अध्यक्ष श्रेष्ठद्वारा पदबहाली, एआईसम्बन्धी मार्गनिर्देशिका बनाएर अघि बढ्ने
समाचार२०८३ असार २९, सोमबार १७:१९नयाँ अनलाइनका सञ्चालक/सम्पादकलाई आचारसंहिता अभिमुखीकरण








