भुजेल समाज सेवा पाेखराद्वारा माइन्युट लेखन, उद्घोषण तथा नागरिक सचेतना तालिम सम्पन्न

पोखरा । भुजेल समाज सेवा पोखरा महानगर समितिको आयोजनामा माइन्युट लेखन, उद्घोषण कला तथा नागरिक सचेतना सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ। कार्यक्रम पोखरा महानगरपालिका वडा नं. १७ को आर्थिक सहयोगमा आयोजना गरिएको हो।
कार्यक्रमकी प्रमुख अतिथि पाेखरा १७ की वडा सदस्य विष्णु कुमारी थापाले यस्ता प्रकारका सीपमूलक तालिमले नागरिकमा नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै संस्थागत कामकारबाहीलाई व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन्।
उनले माइन्युट लेखन कुनै पनि संघ–संस्थाको निर्णय प्रक्रियाको आधिकारिक दस्तावेज हुने भएकाले स्पष्ट, तथ्यपरक र जिम्मेवार ढंगले लेख्न सक्ने क्षमता विकास हुनु आवश्यक रहेको धारणा व्यक्त गरिन्। साथै, उद्घोषण कला र नागरिक सचेतनाले सार्वजनिक सहभागिता र सुशासन प्रवर्द्धनमा टेवा पुग्ने उनको भनाई थियो।
वडा सचिव सुरेन्द्र प्रसाद शर्माले वडा कार्यालयबाट प्रदान गरिने सेवाहरू, नागरिक वडापत्रमा उल्लेखित शीर्षकहरू तथा सेवा प्राप्ति प्रक्रिया सम्बन्धी विस्तृत जानकारी दिए।
उनले नागरिकले आफ्नो अधिकार, कर्तव्य र सेवा प्रक्रियाबारे स्पष्ट जानकारी राखेमा सेवा प्रवाह थप प्रभावकारी र पारदर्शी बन्ने उल्लेख गरे।
अर्का प्रशिक्षक तारा पौडेलले माइन्युट लेखनका आधारभूत सिद्धान्त, निर्णय अभिलेखीकरणको विधि, भाषा शैली तथा उद्घोषण कलाका व्यवहारिक पक्षबारे प्रशिक्षण दिइन्। उनले औपचारिक कार्यक्रम सञ्चालन गर्दा आत्मविश्वास, स्पष्ट उच्चारण र समय व्यवस्थापनको महत्वसमेत प्रष्ट्याइन्।

कार्यक्रममा समितिका अध्यक्ष लिलबहादुर जिसीले प्राप्त सीपलाई व्यवहारमा उतार्दै संस्थागत सुदृढीकरण र सामाजिक सचेतना अभिवृद्धिमा सक्रिय भूमिका खेल्न सहभागीहरूलाई आग्रह गरे। तालिममा सहभागीहरूले तालिम अत्यन्त उपयोगी र व्यवहारिक रहेको प्रतिक्रिया दिएका थिए।
कार्यक्रमले स्थानीय तह र समुदायबीच समन्वय सुदृढ गर्दै नेतृत्व विकास, अभिलेखीकरण क्षमता अभिवृद्धि तथा नागरिक सचेतना विस्तारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको आयाेजककाे विश्वास छ।
१०० जना भन्दा बढिकाे सहभागिता भएकाे तालिमकाे उद्घाटन सत्रकाे सञ्चालन समितिका सचिव सागर भुजेलले गरेका थिए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20944, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र १९, शुक्रबार १९:५५“उद्यमको अनुभव, नेतृत्वको संकल्प “: उपमहासचिव पदका उम्मेदवार यादव प्रसाद पोखरेल
समाचार२०८३ भाद्र १९, शुक्रबार ०१:०३शुक्रबारदेखि लगातार ५ दिन बिदा, कुन दिन केको बिदा?
समाचार२०८३ भाद्र १८, बिहीबार १२:२६भोटेकोशी बाढीमा १ हजार २५२ जनाको शव फेला
समाचार२०८३ भाद्र १८, बिहीबार १२:२५‘दोस्रो दौतरी कप विद्यालय स्तरीय फुटसल प्रतियोगिता’ हुने







