कास्की २ का एमाले उम्मेदवार रश्मि आचार्यले सामाजिक संजालबाट आज बेलुकी ८ बजे मतदातासँग प्रत्यक्ष संवाद गर्ने

पोखरा ।
आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा कास्की २ बाट नेकपा (एमाले) का उम्मेदवार रश्मि आचार्यले आफ्नो क्षेत्रका मतदातासँग प्रत्यक्ष संवाद गर्ने भएका छन् ।
उम्मेदवार आचार्यले आज आफ्नो फेसबूक पेजमा एक स्टाटस साझा गर्दै सामाजिक संजाल फेसबूक र टिकटकबाट अब आउने काम र दायित्वका बारेमा प्रत्यक्ष संवाद गर्ने उल्लेख गरेका हुन् ।
भूगोल सहित अन्य कारणले भेटघाट हुन नसकेका आम कास्की क्षेत्र नं. २ का मतदाता समक्ष आचार्यले सुझाव सहित आगामी कार्यदिशा सम्बन्धमा सुझाव लिन प्रत्यक्ष संवादमा जुट्न लागेको उनले बताएका छन् ।
सामाजिक संजाल फेसबुकमा उम्मेदवार आचार्यले लेखेका छन् :-
‘के हामी संवाद गर्न सक्छौँ ?
देशमा सुशासन कायम गरी कास्की क्षेत्र नम्बर २ मा हामीले अगाडि बढाएको समावेशी विकासको मोडललाई प्रभावकारी बनाउन कसरी हातेमालो गर्न सकिन्छ होला? हो, यसै सन्दर्भमा आज साँझ ८ बजे यहाँहरूसँग प्रत्यक्ष संवाद र छलफल गर्नको लागि मेरो फेसबुक पेज र टिकटकमा प्रत्यक्ष संवादमा जोडिनेछौँ ।’
Link: https://www.facebook.com/share/1AUaysfghN/
#rashmiacharya #VoteForHope #VoteForSun#Kaski2 #cpnuml
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20991, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण ३०, शनिबार ०६:२१गण्डकीमा ‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी’ अभियान सुरु
समाचार२०८३ श्रावण २९, शुक्रबार १७:२८‘पोखरा घर’बाट पाँच सेवा, स्थानीय उत्पादनदेखि पर्यटन प्रवर्धनसम्म जोड
समाचार२०८३ श्रावण २९, शुक्रबार १०:३९मोदी खोला बाढी: मन्दिरमा फसेका तीन जनाको सकुशल उद्धार
समाचार२०८३ श्रावण २९, शुक्रबार ०६:३१गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेश









