‘परालको आगो’को ‘दुःख सुख जिन्दगानी’ सार्वजनिक

काठमाडौं । आगामी बैशाख ११ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘परालको आगो’को दोस्रो गीत ‘दुःख सुख जिन्दगानी’ सार्वजनिक गरिएको छ। निर्माण टिमले शनिबार प्रचार सामग्रीका रूपमा गीत रिलिज गरेको हो।
गीतमा प्रकाश सपुत र शान्तिश्री परियारको स्वर रहेको छ। शब्द तथा संगीत प्रकाश सपुतकै रहेको गीतलाई सुदिप सागरले एरेन्ज गरेका छन्।
सार्वजनिक गीतको भिडियोमा सुहाना थापा र प्रकाश सपुतलाई देख्न सकिन्छ। मायालु भावमा प्रस्तुत उनीहरूको जोडीलाई दर्शकले मन पराएका छन्। यो उनीहरूको पहिलो स्क्रिन सेयर हो।
यसअघि फिल्मको टिजर र पहिलो गीत ‘उडी जाउँ भने, म पन्छी होइन’ सार्वजनिक भइसकेको थियो, जसले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो। नयाँ गीतले पनि ग्रामीण परिवेशमा आधारित प्रेमकथालाई प्रस्तुत गरेको छ।
लोकलयमा आधारित गीतमा घाँस–दाउरा, गोठाला जीवनजस्ता दृश्य समेटिएका छन्। रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतलाई ओएसआर युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्म गुरु प्रसाद मैनालीको कृति ‘परालको आगो’बाट प्रेरित छ। फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँलगायतको अभिनय रहेको छ।
हरिओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता सुशील पोखरेल हुन्। फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ कार्तिक २५, मंगलवार ०७:५९एनपीएलमा आज सुदूरपश्चिम र जनकपुर भिड्दै
समाचार२०८३ कार्तिक २५, मंगलवार ०६:२०देउसीभैलोमा आधुनिकताको प्रभाव, मौलिक संस्कृति ओझेलमा
कला, विचार/मनोरञ्जन२०८३ कार्तिक २४, सोमबार १८:२४प्राविधिक कारण ‘प्रतिवैरम्’को प्रदर्शन स्थगित, नयाँ मिति छिट्टै सार्वजनिक गरिने
कला, विचार/मनोरञ्जन२०८३ कार्तिक २४, सोमबार १७:५९चलचित्र ‘मोनालिसा ब्लडी लभ’ को फर्स्ट लुक मोसन पोस्टर सार्वजनिक









