निःशुल्क दन्त शिविरबाट ३०५ जना लाभान्वित

जम्ला, २३ चैत । जुम्लाको तिला गाउँपालिका–६ सञ्चालन गरिएको दुईदिने निःशुल्क दन्त शिविरबाट ३०५ जना लाभान्वित भएका छन् ।
‘मेल फर स्माइल’ र प्रोजेक्ट रङ्गीचङ्गीको आर्थिक सहयोग तथा तिला गाउँपालिका–६ को समन्वयमा आइतबार भएको निःशुल्क स्वास्थ्य शिविरमा १६२ पुरुष र १४३ महिलाले सेवा लिएका वडाध्यक्ष जङ्गबहादुर रोकायाले जानकारी दिए ।
गाउँमै दन्त शिविर सञ्चालन भएपछि स्थानीयवासिको दाँत परीक्षण तथा दाँत सफा गर्ने, औषधि वितरण तथा दाँत सम्बन्धी परामर्शसमेत गरिएको थियो । विशेषज्ञ चिकित्सकहरूको टोलीले स्थानीयलाई दाँतको हेरचाह, नियमित ब्रस गर्ने तरिका, खानपानमा ध्यान दिनुपर्ने विषय तथा दाँतसम्बन्धी रोगबाट बच्ने उपायबारे जानकारी गराएको वडाध्यक्ष रोकायाको भनाइ छ ।
यसैगरी तातोपानी गाउँपालिका स्वास्थ्य शाखाले सञ्चालन गरेको निःशुल्क आँखा शिविरमा १९२ जनाको आँखा जाँच गरिएको स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईले बताए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्राविधिक सहयोगमा तातोपानी स्वास्थ्यचौकीमा आइतबार सञ्चालन भएको निःशुल्क आँखा तथा मोतियाविन्दु शिविरमा ६२ पुरुष र १३० महिलाले सेवा लिएका शाखा प्रमुख चौलागाईले बताए । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २०, शनिबार १८:१४कमल एक्चै मगरको ‘बाछिटा’ले जित्यो नगद एक लाख पचास हजार
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २०, शनिबार १६:५९१४ संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ असार २०, शनिबार १०:४५तिहारमा आउँदै ‘जिरो डिग्री’, रिलिज मिति परिवर्तन नहुने निर्माण पक्षको स्पष्टोक्ति
समाचार२०८३ असार २०, शनिबार १०:३२गण्डकी प्रदेश स्तरीय बीमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, मदरल्याण्ड मावि प्रथम









