चिकित्सक संघले सरकारको आदेश नमान्ने, आइतबार ओपीडी सेवा नखोल्ने अडान

काठमाडौं, चैत २८ । नेपाल चिकित्सक संघले आइतबार वहिरंग (ओपिडी) सेवा उपलब्ध गराउन नसकिने जनाएको छ । सरकारले आइतबार पनि ओपीडी सेवा खोल्न अस्पतालहरूलाई अनुरोध गरे पनि संघले विज्ञप्ति जारी गर्दै जनशक्ति थप नगरिएकाले सार्वजनिक बिदाका दिन ओपीडी सेवा दिन नसकिने जनाएको हो । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि स्वास्थ्य संस्थामा पनि बिदाको व्यवस्था गरिएको थियो ।
तर, बिरामीलाई समस्या पर्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो । चिकित्सक संघले भने आइतबार ओपीडी सेवा सञ्चालन गर्न नसकिने बताएको हो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २०, शनिबार १८:१४कमल एक्चै मगरको ‘बाछिटा’ले जित्यो नगद एक लाख पचास हजार
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २०, शनिबार १६:५९१४ संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ असार २०, शनिबार १०:४५तिहारमा आउँदै ‘जिरो डिग्री’, रिलिज मिति परिवर्तन नहुने निर्माण पक्षको स्पष्टोक्ति
समाचार२०८३ असार २०, शनिबार १०:३२गण्डकी प्रदेश स्तरीय बीमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, मदरल्याण्ड मावि प्रथम









