चलचित्र ‘पाँच पाण्डव’मा सुशील सिटौला अनुबन्धित

काठमाडौं । छायांकन भइरहेको फिल्म ‘पाँच पाण्डव’मा कलाकार सुशील सिटौलाको प्रवेश भएको छ। उनी फिल्मका मुख्य पात्रमध्ये एकका रूपमा अनुबन्धित भएका हुन्।
प्रस्तुतकर्ता नवीन श्रेष्ठका अनुसार सिटौला ‘पाँच पाण्डव’मध्ये एक पात्रमा देखिनेछन्। “हामीले खोजेजस्तै अब्बल कलाकार फिल्ममा भित्र्याएका छौँ,” उनले बताए।
सिटौलाले अब हरिवंश आचार्यसहित अन्य कलाकारसँग स्क्रिन सेयर गर्नेछन्। यसअघि फिल्ममा भर्सटायल अभिनेता प्रशान्त ताम्राकार र कन्टेन्ट क्रिएटर तथा मोडल इभा गिरी पनि अनुबन्धित भइसकेका छन्।
काली रानी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको फिल्मलाई निर्देशक वसन्त निरौलाले निर्देशन गरिरहेका छन्। फिल्मको छायांकन गत चैत २ गते नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टाबाट शुभमुहूर्त गर्दै सुरु गरिएको हो।
फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला ‘पाँच पाण्डव’को भूमिकामा देखिनेछन्। साथै दीपाश्री निरौला, सरिता गिरी, बिनोद न्यौपाने, रमा थपलिया लगायत कलाकारको पनि मुख्य भूमिका रहनेछ।
लेखक सुशील पौडेलका अनुसार ‘पाँच पाण्डव’ एक सामाजिक कथामा आधारित फिल्म हो, जसले महाभारतका पाँच पाण्डवका पात्र र बिम्बमार्फत समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ।
फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठले यसअघि ‘लाज शरणम्’ निर्माण गरेका थिए भने निर्माण काली रानी श्रेष्ठले गरिरहेकी छिन्।
फिल्मका अधिकांश दृश्य झापाका विभिन्न रमणीय तथा महत्वपूर्ण स्थानमा छायांकन गरिनेछ। झापाको सेड्युल सकिएपछि टोलीले अन्य स्थानतर्फ यात्रा गर्ने निर्देशक निरौलाले जानकारी दिएका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १९:२९‘बेहुली’को प्रमोसनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १९:०९‘बा : एक योद्धा’को टिजर सार्वजनिक, बुवाको त्याग र परिवारको पीडाको कथा
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ८, शुक्रबार १७:३२राष्ट्रिय चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा ढिलाइप्रति सांसद कार्कीको ध्यानाकर्षण
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १६:४१छाउपडीको पीडा बोकेको ‘हली’को ट्रेलर सार्वजनिक ( भिडीयो सहित )









